Friday 30th October 2026

गुणनिधि घिमिरेका महालक्ष्मी छन्दमा टुक्काहरू


महालक्ष्मी छन्दमा टुक्का लेखन प्रयास

भ्यागुतो उफ्रियो तालमा
बग्न नै लाग्छ लौ छालमा

पौडिने उत्रिने चालमा
पर्छ है मर्छ है जालमा

सुन्दरी छेउमा हेर्दछिन्
सुस्तरी बस्त्र नै फेर्दछिन्

तालका माझमा पौडिई
पुग्दछिन् छेउमा दौडिई

भ्यागुतो हातमा लिँदछिन्
पातमा माकुरा दिँदछिन्

भ्यागुतो खाँदथ्यो माकुरा
फर्किई हेर्दथ्यो पाखुरा

आउँछिन् फर्किई छेउमा
राख्दछिन् भ्यागुतो लेउमा

फर्किई सुन्दरी ठाउँमा
बस्दिछन् मस्त भै गाउँमा

भ्यागुतो सुन्दरी व्याङका
पोखरी भित्रका ड्याङका

राज्यका नीतिका के कुरा
मस्त छन् पोखरीमै सुरा

कुर्सिका होडमा चल्दछन्
बृद्ध नै हेर के गल्दछन्

पौरखी पाखुरा भाग्दछन्
दिन्दिनै बाहिरै लाग्दछन्

गुणनिधि घिमिरे
सूर्यविनायक


सम्बन्धित शीर्षकहरु

विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज Binance मा भएको साइबर आक्रमणमा ह्याकरहरूले करिब ६ अर्ब अमेरिकी डलर बराबरको डिजिटल सम्पत्ति चोरी…

अदालतको अन्तिम फैसला २९ अक्टोबर २०२६ कुवेतमा सात वर्षीया भारतीय बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा एक एसियाली मूलका सफाइ कर्मचारीलाई…

रियाद । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोही समूहले साउदी अरबका विभिन्न विमानस्थल, तेल प्रशोधन केन्द्र र सैन्य मुख्यालयलाई लक्षित गरी…

प्रतिकृयाहरू
...