Wednesday 31st December 2025

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : सत्सठ्ठीऔँ भाग (६७)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २
मिति:- २०७९/१०/२४
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी

सङ्कलक :- सविता के.सी.

सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
अनुप्रास : आफू खुसी
स्थायी :- हुँदैछ ।
अक्षर संख्या :- ५ देखि २५ । तर सबै हरफमा बराबर अक्षर हुनुपर्छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग देशको विकास कुहिएको फल हुँदैछ गठबन्धनको गाँठो दलबल हुँदैछ जसको लागि गोठ बनेको उखान जस्तै मिले महतोको बत्ती झलमल हुँदैछ जनतालाई पाखा लगाई हल हुँदैछ । सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग १

रातो गुलाफकव दिन रे आज हुँदैछ
गुलाफ दिदैँ खुसी बाड्ने साँझ हुँदैछ
माया प्रेम त मन मुटुमा हुनुपर्ने
सप्ताह नै प्रेमिल दुई माझ हुँदैछ
अनगिन्ती गुलाफ को त्यो राज हुँदैछ।

शोभा आचार्य गौतम, काठमाडौँ

पञ्चाङ्ग २

प्रेम भन्ने कुरा मनमा हुँदैछ
कसैलाई लाग्ला तनमा हुँदैछ
एक दिन दिवस मानेर हुन्न
आजकल कतै धनमा हुँदैछ
शंका त हरेक जनमा हुँदैछ ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ३

आजको दिन तातो हुँदैछ
घामले गाला रातो हुँदैछ
यस्तै रहेछ दैनिक चक्र
राजनीतिमा नातो हुँदैछ
के गरि दुख्छ पातो हुँदैछ ॥

गुणनिधि घिमिरे भक्तपुर

पञ्चाङ्ग ४

खै किन खेल हुँदैछ
जाल र झेल हुँदैछ
मौलायो यो कलियुग
सत्यता फेल हुँदैछ
साँडेको मेल हुँदैछ ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ५

भाग नपुगेर अर्कैसँग आफन्त हुँदैछ
ढाक छोप गर्ने मनुवा पित सन्त हुँदैछ
होस पुर्याएर हिँड्न नजान्नाले ऊ आफैँ
आफ्नै लागि लगातार कठोर दन्त हुँदैछ
त्यो त बर्बराउँदै कुबाटोमा अन्त हुँदैछ ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ६

कुराले कुराको खिपाइ हुँदैछ
नबोल्नेको याहाँ लिपाइ हुँदैछ
सबै राजनीतिको नियम यस्तै
झुटमा झुटको टिपाइ हुँदैछ
छलकपटको सिपाइ हुँदैछ ।

अच्युत घिमिरे-भुटान

पञ्चाङ्ग ७

लाग्दैछ मोह माया फगत हुँदैछ
पानी पानी यो मेरो रगत हुँदैछ
विश्वास मान्नु पनि कसरी पो मैले,
विश्वासघाती सारा जगत हुँदैछ
साच्चै मन बैरागी भगत हुँदैछ ।

रतन बिष्ट_आलिताल, डडेल्धुरा

पञ्चाङ्ग ८

सबै सोर्नेलाई के भन्ने होला
चित्र कोर्नेलाई के भन्ने होला
जति लुकाउँदा पनि नहुने
मन फोर्नेलाई के भन्ने होला
दिल चोर्नेलाई के भन्ने होला ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा-३,काभ्रे

पञ्चाङ्ग ९

भएन भनेर बदल्ने काम हुँदैछ
तँछाडमछाड गरेर लाम हुँदैछ
चलेकै छ भन्छन् आलोपालो गर्दाखेरी
भित्र भित्रै एक अर्कोमा खाम हुँदैछ
यहि पाराले अर्थतन्त्र जाम हुँदैछ ।

अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा

पञ्चाङ्ग १०

झुटो संसारमा केही गरि बाँच्न सक्छौ
साधु भइ जीवन सजिलै साँच्न सक्छौ
बाटा धेरै छन् जीउने किन हार खान्छौ
दिमाग नि काबुमा राखेर जाँच्न सक्छौ
समय परिवर्तन गरि भाँच्न सक्छौ ।

अम्विका अधिकारी
झापा विर्तामोड

पञ्चाङ्ग ११

जब पीडाहरु धेरै हुन्छ आफ्नै छाती कुट्छ उसले
बगाउने ठाउँ नपाई आँसु हाँडीमा भुट्छ उसले
हेर्नेहरुले उसलाई बुझ्दैनन् पागल भयो भन्छन्
पागलपनमै आफ्नो अमुल्य जीवन लुट्छ उसले
बेहोसीमा नै ढुङ्गा माटोमा आफ्नै हात चुट्छ उसले ।
-खोटाङ ।

पञ्चाङ्ग १२
देशको विकास कुहिएको फल हुँदैछ
गठबन्धनको गाँठो दलबल हुँदैछ
जसको लागि गोठ बनेको उखान जस्तै
मिले महतोको बत्ती झलमल हुँदैछ
जनतालाई पाखा लगाई हल हुँदैछ ।

सविता के.सी., काठमाडौँ ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...