चित्रमा पञ्चाङ्ग
===========
भाग: ५०
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०७९/१०/१९
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी
चित्र सङ्कलन
———————–
अच्युत घिमिरे भुटान
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको उनान्चासौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
जन्मेर मात्र होइन मान गर्न जान्नु पर्छ
बितेका पल सम्झेर भान गर्न जान्नु पर्छ
हात्ती बाँदर खरायो र चराको मित्रता झैं
मनमा भाव उठाइ सान गर्न जान्नु पर्छ
प्राणसँग तुलनाले जान गर्न जान्नु पर्छ ।
अच्युत घिमिरे, भुटान
पञ्चाङ्ग २
राम्रो नराम्रो छान्न सिक
दु:खमा परे तान्न सिक
बुझेर यो सृष्टिको माझ
सत्य असत्य जान्न सिक
धार्मिक आस्था मान्न सिक ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ३
ठूलाले सानालाई धानेकाछन्
आपसी मैत्री भाव जानेकाछन्
पशु पन्छिमा कति राम्रो मेल
हेर प्रेमको डोरी बानेका छन्
एकले अर्कालाई मानेकाछन् ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ४
एकको आधार अर्को हुन्छ
हामीलाई भने झर्को हुन्छ
तुलना गरौँ श्रेष्ठ ज्ञानी को ?
दुःख मान्दा झन चर्को हुन्छ
जाडोमा प्यारो त बर्को हुन्छ ॥
गुणनिधि घिमिरे सुर्यविनायक
पञ्चाङ्ग ५
गुण सद्गुण सबै छान्न सक्नुपर्छ
काम साथै कर्तव्य जान्न सक्नुपर्छ
हातेमालो गर्दै जिउनु पर्छ जिन्दगी
सृष्टिको नियम यो मान्न सक्नुपर्छ
हार्दिकता यहि हो ठान्न सक्नुपर्छ ।
रतन बिष्ट -आलिताल ,डडेल्धुरा
पञ्चाङ्ग ६
पशुमा पनि मेलमिलाप बढेको पाइयो
एउटा अर्को माथि मजाले चढेको पाइयो
शरीरको वजन अनुसार सर्कस बन्यो
यो सबै मान्छेको मनभित्र गढेको पाइयो
अरुलाई सोध्दा पञ्चाङ्गमा पढेको पाइयो
नवराज भट्ट
कञ्चनपुर
पञ्चाङ्ग ७
पशुबाट केही सिक्नुछ मान्छेले पनि
आफ्नै मगजले बिक्नुछ मान्छेले पनि
एकसाथ एकार्कामा भर प्राप्त गर्न
काम कर्तब्यले टिक्नुछ मान्छेले पनि
सद्भावले गुण झिक्नुछ मान्छेले पनि ।
प्रेम थापा
पञ्चाङ्ग ८
मित्रताले मित्रको मन जगाउछ हेर
मिलेर बस्न जान्दा डर भगाउछ हेर
साकाहारी र मांसहारीको आफ्नै छ पाटो
अलग बस्नलाई सोच लगाउछ हेर
प्रकृति नै खुसीले मग मगाउछ हेर ।
होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
पञ्चाङ्ग ९
चित्र हेरेर केही अक्षर केर्नु भयो नि
मानिसले चारैतिरबाट घेर्नु भयो नि
बाँच्नको लागी गर्नु्पर्छ सँघर्ष भनेर
समय अनुसारको बानी फेर्नु भयो नि
मित्रताको उदाहरण त हेर्नु भयो नि ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती.न.पा.-३,काभ्रे
पञ्चाङ्ग १०
वनको घरमा रमाएर बसे
माया र ममता कमाएर बसे
पशुको संसार रमाइलो उस्तै
नसक्नेको हात समाएर बसे
सुन्दर सासन जमाएर बसे ।
घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग ११
सेवा गर्नु पर्छ
ज्ञान भर्नु पर्छ
दु:ख संसारमा
दु: ख टर्नु पर्छ
पक्कै मर्नु पर्छ ।
तेजप्रसाद खनाल
लमही दाङ।
पञ्चाङ्ग १२
दु:खमा परेकालाई तानेकाछन्
ठुलाले भनेको सबै मानेकाछन्
पशु पन्छिबाट धेरै कुरा सिकौं
प्रेमभावमा नि भुल्न जानेका छन्
बिश्वासको डाेरी पनि बानेकाछन् ।
दुर्गा भट्टराई
पञ्चाङ्ग १३
सहयोगी भावना छन् नि तानेका जीवले
एकमाथि अर्को अडिन जानेका जीवले
पशु भएर के गर्नु मेल नै ठुलो कुरा
परिस्थिति अनुकुलमा धानेका जीवले
परेको अनुसार गर्न मानेका जीवले .
जमुना आचार्य सिन्धुपाल्चोक
पञ्चाङ्ग १४
एक अर्कोलाई सहयोग गरेका छन्
साना र ठूलाको भर तिनी परेका छन्
जनावरको मेल देख्दा आनन्द आयो
आपसमा मिलेर समस्या तरेका छन्
एकअर्काको दु:ख सजिलै हरेका छन् ।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग १५
ठूलाले सानालाई तानी हेर
सानाले ठूलालाई मानी हेर
तब बन्छ आपसी सदभाव
जनावर झैं बनी ज्ञानी हेर
असल र खराब छानी हेर ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग १६
पढ्दा भन्दा चित्र देख्दा शिक्षा भयो
पशुलाई हेर्दा केही दीक्षा भयो
मान्छे मात्र डाहा र ईर्ष्या गर्ने छ्या
ज्ञान सीप भन्ने पनि भिक्षा भयो
मान्छे भन्दा ज्ञानी छन् समीक्षा भयो ।
सविता के.सी., काठमाडौँ ।