Wednesday 4th March 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३४ औं श्रृङ्खला स्वतन्त्र काव्य विशेष गाेष्ठी भव्यताका साथ सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३४ औं श्रृङ्खला स्वतन्त्र काव्य विशेष गाेष्ठीकाे रुपमा भव्यताका साथ यहि मिति २०७९ साल पुष १३ गते सम्पन्न भयाे ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं विश्व नेपाली साहित्य महासंघका विश्व केन्द्रिय अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा प्रमुख अतिथि परदेशीले चन्द्रागिरि साहित्य प्रतिष्ठानले सकृय साहित्यिक कृयाकलाप गरेकाे पाईरहेकाे छु ज्यादै खुशी लागेकाे छ । तपाईहरुकाे सकृयता विशेष गरि जनार्दन धड्कन जी काे साहित्य प्रतिकाे माेह र सेवा नै उच्च देखिएकाे छ भन्नु हुँदै साहित्य प्रति पश्चिमा अतिक्रमणबाट कसरी बचाउने अस्तित्वबाद र भ्रातृत्व एकिकरणकाे लागि हाम्राे सामुहिकता भईरहाेस् सुदूर भविष्यसम्म प्रभावकारी भईराखाेस भन्नु हुँदै १३४ अाैं श्रृङ्खला असाध्य राम्राे रुपमा कविता, खाेरिया, उदक, सुसेली नया विधाहरुकाे सुन्दर कार्यक्रममा भएकाेमा खुशी व्यक्त गर्नु भयाे । चन्द्रागिरिकाे हरेक हप्ताकाे कार्यक्रमले धेरै नया स्रष्टाले अबसर पाएर लेखनीमा खारिदै जाने स्थिति बनेकाे प्रष्ट छ भन्नु भयाे । विशिष्ठ अतिथि डा.बम बहादुर जितालीले कवि शिराेमणीकाे जन्म जयन्तिकाे पुर्व सन्ध्यामा भएकाे याे कार्यक्रम उहाँ प्रति पनि समर्पित भएकाे छ भन्नु हुँदै रचना सुनाउनु भयाे । गंगा लिगलले चन्द्रागिरिकाे कार्यक्रम नियमित चलिरहेकाेमा खुशी लागेकाे छ ।याे सस्थाले धेरै नया स्रष्टाहरुलाई विभिन्न विधाहरुमा परिष्कृत गराईरहेकाे एउटा पाटाे छ भने अर्काे तर्फ विश्वभरका स्रष्टालाई एउटै छाता मुनी जाेडेर रचनात्मक अादानप्रदान गराईरहेकाे छ भन्नु भयाे ।

विशिष्ठ अतिथि कलानिधि दाहाल, दुर्गा भमरकाेटेले चसाप्रनेकाे नियमित कार्यक्रमकाे प्रशंसा गर्दै शुभकामना दिनु हुँदै अाफ्नाे रचना सुनाउनु भयाे ।
सुधा बास्काेटा ढकालकाे कुशल उद्घघाेषणमा भएकाे काव्य गाेष्ठीमा लल्मी प्रसाद मिश्र ज्यूबाट खाेरिया र सुसेली मार्फत स्वागत गर्नु भएकाे थियाे अन्य उपस्थित अामन्त्रीत अतिथि साहित्यकारहरु क्रमस खगेन्द्र बस्याल, अार्त अकुलिन, उत्तम भेटवाल, नीता पाण्डे, मूना घिमिरे, अनुराधा थापा, दुर्गा रिमाल, चन्द्रावती अधिकारी, दवी प्रसाद मिश्र, शारदा अाचार्य, सिर्जना खनाल, बीर बहादुर लाेहनी, बिनुबाबा घिमिरे, यज्ञलाल सुवेदी, प्रेम थापा, रेणु घिमिरे, महेश खरेल, संगिता ठाकुर, चेतनाथ धमला लगायत २७ जना सर्जकहरुले अा-अाफ्ना रचना कविता, खाेरिया, सुसेली, उदक, मुक्तक अादि वाचन गर्नु भयाे ।

अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खाेरियाकाे प्रवर्तककाे रुपमा खाेरिया लेखनकाे सैद्धान्तिक अवधारणा ४ पङ्तिकाे संम्रचनामा ३ पङ्ति ८/८,८ अक्षर र चाैथाे पङ्ति ५ अक्षर गरि जम्मा २९ अक्षरमा पूर्ण खाेरिया बन्ने प्रष्ट पार्नु हुँदै खाेरिया विश्वभर छरिएर रहनु भएका स्रष्टाहरूले नेपाली साहित्यकार विश्व सञ्जाल मार्फत पनि हरेक हप्ता बुधबार लेखन अभ्यास गरिरहनु भएकाेमा धेरैले लेख्नु भएकाेमा खुसी एवं गर्व लागेकाे छ भन्नु हुँदै यहाहरु नियमित समय दिएर जाेडिनु भएकाेले नै अायाेजकले खुशी ग्रहण गर्न पाएका हाैं भन्नु हुँदै प्रमुख अतिथि परदेशी, विशिष्ठ अतिथिहरू लगायत उपस्थित सम्पूर्ण अतिथि अामन्त्रीत साहित्यकारमा धन्यवाद ज्ञापन गर्नु भई अाफ्नाे छन्द कविता सुनाउनु भए पश्चात कार्यक्रम समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...