Tuesday 24th March 2026

प्रधानमन्त्री देउवा र सीके राउतबीच भेटवार्ता


काठमाडौं – प्रधानमन्त्री शेरबहादर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्री देउवाले राउतलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेको स्रोतले बताएको छ। संघ र प्रदेशमा समेत सहकार्य गरेर अघि बढ्ने प्रस्ताव देउवाले गरेको स्रोतको दाबी छ। उनले सरकारमा जान आफू सकारात्मक रहेको बताएका थिए।

राउतले यसअघि नै सरकारमा जान आफूले विकल्प खुला राखेको बताएका थिए। जनमत पार्टी मधेस प्रदेशमा निर्णयक शक्तिको रुपमा रहेको छ। गठबन्धन गर्दा मधेस प्रदेशमा समेत भागबण्डा गरेर अघि बढ्नेगरी दुईबीच छलफल भएको स्रोतले भन्यो।

‘संघ र प्रदेशमा कसरी सत्ता सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने विषयमा उहाँहरुबीच छलफल भएको हो। कांग्रेस नेतृत्वको सरकारले संघ र मधेस प्रदेशमा समेत सहकार्य गर्नेगरी प्रधानमन्त्री देउवाले राउतजीसँग प्रस्ताव गर्नुभएको छ। त्यसमा राउतजी पोजेटिभ देखिनुभएको छ,’ बालुवाटार स्रोतले भन्यो।

यसअघि राउत र कांग्रेस नेता विमलेन्द्र निधिबीच भेटवार्ता भएको थियो। निधिकै पहलमा राउत र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो।राउतले सप्तरी २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका थिए। राउतको पार्टीले समानुपातिक थ्रेस होल्ड कटाएको छ। राउतसँग प्रत्यक्ष र समानुपातिक गरी कम्तिमा ५ सिट हुने छ।

-अन्नपूर्णपोष्टबाट

 


सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...