Friday 17th July 2026

एनआरएनए कुवेतको पहलमा बर्दियाकी कविता रोकायको उपचार हुदैँ


कुवेत सिटी – नेपालबाट वैदेशिक रोजगारीको लागि कुवेत आएकी  बर्दिया जिल्ला  बासगढी नगरपालिकाकी २५ वर्षीया कविता रोकाय (नाम परिवर्तन)ले दुई महिनापछि नै स्पोन्सरको  घरबाट भागेपछि याे समस्या आएकाे हाे। पिडित कविता गाउले साथीको सहयोगमा  बस्दै आएकी छिन्। स्वास्थ्यमा  समस्या भएकै कारणले गर्दा फेरि स्पोनसरको  घरमा काम गर्न नसक्ने बताएपछी  कवितालाई एनआरएनए कुवेतको सहयोगमा स्वास्थ्य चेकजाच गरि औषधिसमेत उपलब्ध गराइएको छ।

सामाजिक संजालमा पिडितको भिडियो सार्वजनिक भएपछी एनआरएनए कुवेतका प्रतिनिधिहरु र पत्रकार महासंघका  प्रतिनिधी पिडित कवितालाई भेट्न पुगेका थिए । नेपालबाट एकजना व्यक्तिले कुवेतमा रहेका शिव (नाम परिवर्तित)लाई फोन गरेर बिरामी चेलीको   भिडियो बनाउन लगाएपछि त्यो भिडियो नेपाल पठाइयो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । एनआरएनए कुवेतका  अध्यक्ष रणध्वज लामाको पहलमा प्राइभेट अस्पतालमा उपचार गर्ने व्यवस्थासमेत मिलाईएको छ। अहिले पीडित कविताको अवस्था सामान्य रहेको छ।

अस्पतालमा उपचार गराउन लागेको सम्पूर्ण खर्च एनआरएनए कुवेतले सहयाेग गर्ने बताएको छ। अध्यक्ष लामाले उपचारपछि नेपाली दुतावास कुवेतको पहलमा नेपाल पठाउन पठाउन पहल  समेत  गर्ने  बताए। नेपाल जाने तयारीमा रहेका पीडित कविता  नेपाली एम्बेसीमा कुवेतमा केही दिन सम्पर्कमा नआएकाे र हाल सम्पर्कमा आईसकेकाे समेत दुतवासबाट जानकारी प्राप्त भएको छ। कविताको बिषयमा बुझ्दा    नेपाली राजदूतावास कुवेतका श्रमसहचारी हेमकुमार अधिकारीले उनलाई  स्वदेश फर्काउने  पहल संगै आवाश्यक प्रक्रिया  समेत शुरु गरिएको  जानकारी दिएका छन।


सम्बन्धित शीर्षकहरु

लन्डन। बेलायत सरकारले अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीविरुद्ध छानबिन गर्न विश्व फुटबल महासंघ (फिफा) लाई आग्रह गरेको छ। विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डलाई…

नेपालमा ठूला आर्थिक अपराधका मुद्दामा एउटा प्रश्न बारम्बार उठ्ने गरेको छ—सरकारले अर्बौं रुपैयाँको बिगो दाबी गर्छ, तर अदालतले केही करोड…

तेहरान। हमासले इरानसँग आफ्नो सैन्य क्षमता पुनर्निर्माण गर्न सहयोग, थप आर्थिक सहायता र कूटनीतिक समर्थन मागेको दाबी गरिएको छ। इजरायली…

प्रतिकृयाहरू
...