Tuesday 27th October 2026

मंगाफ फुटबल क्लबले २८ अक्टोबरमा अन्तर-नेपाली फुटबल प्रतियोगिता गर्ने


मंगाफ फुटबल क्लबले यहि अक्टोबर २८, २०२२ का दिन अन्तर-नेपाली फुटबल प्रतियोगिता गर्ने भएको छ । फाहहिलको सुकसवा खेलमैदानमा अल्मुल्ला एक्सचेन्ज नकआउट फुटबल प्रतियोगिता-२०२२ हुने भएको हो ।

मंगाफ फुटबल क्लबको आयोजनामा २८ अक्टोबर २०२२ सुक्रबार बिहानको ८ बजे देखि फाहहिलको सुकसवा खेलमैदानमा हुने फुटबल प्रतियोगितामा कुवेतमा रहेका खेलाडी र खेल प्रेमीहरुको चाहनालाई मध्यनजर गर्दै एक आपसमा भाइचारा अभिवृद्धी गर्ने उधेश्यले मंगाफ फुटबल क्लब कुवेतले अन्तर नेपाली अल्मुल्ला एक्सचेन्ज नक आउट फुटबल प्रतियोगिता आयोजना गर्न लागेको आयोजक समितिका खेल संयोजक नवराज पराजुलीले जानकारी दिएका छन् ।
प्रतियोगितामा प्रथम र दोस्रो हुने फुटबल टिमललाई ट्रफी, मेडल, प्रमाणपत्रका साथ नगद पुरस्कार प्रदान गरिने त्यसैगरी बिधागत रुपमा बेष्ट गोल रक्षक, बेष्ट डिफेन्डर, बेष्ट मिड फिल्डर, बेष्ट फर्वाड, हाइ स्कोररलाई ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने टिम दर्ताको लागि ३५ केडी. सुल्क सहित बिहिबार २० अक्टोबर २०२२ साझको ६:00 बजे सम्मको समय तोकिएको आयोजक समितिको संयोजक नवराज पराजुलीले बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

यस वर्षको दसैं अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको ज्यान गएको छ भने झन्डै तीन हजार जना घाइते…

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

प्रतिकृयाहरू
...