Tuesday 28th July 2026

कमला अधिकारीको तिज गीत “मुसुक्कै हाँसी देउ मायाले”(भिडीयो सहित)


तितोपाटी- हिन्दु नारीहरूको महान पर्व हरितालीका तिजको अबसर पारेर नेपाली सांगीतिक बजारमा दिनहुं दर्जन भन्दा धेरै तिज गीतहरू आउने क्रम जारी छ र यही क्रममा कमला अधिकारीको सुमधुर आवाज  रहेको तिज गीत “मुसुक्कै हाँसी देउ मायाले”  भर्खर मात्र सार्बजनिक भएको छ।

बिगत लामो समय देखि गीत संगीतलाई नजिक बाट नियाल्दै र माया गर्दै आईरहेकी मिठो स्वरकी गायिका कमला अधिकारीको शब्द तथा लय सिर्जना,कमला अधिकारी र बिष्णु खतिवडाको सुमधुर आवाज रहेको उत्कृष्ट तिजी कोसेली  सार्बजनिक भएको हो।

उत्कृष्ट नृत्य र अभिनय गर्न सक्ने क्ष्यमता भएकी राम्रो सम्भाबना बोकेकी मोडल सुमन रूचाल र ध्रुब हिमालीको उत्कृष्ट नृत्य रहेको उक्त भिडियोमा रविन शाहको निर्देशन,जयराम थापाको छायांकन रहेको कमला अधिकारीको “मुसुक्कै हाँसीदेउ मायाले” को म्यूजिक भिडियोलाई चेतन सागरले सम्पादन गरेका हुन।


सम्बन्धित शीर्षकहरु

युक्रेनले क्यास्पियन सागरमा रहेको एक इरानी जहाजमाथि सफल लामो दूरीको आक्रमण गरेको दाबी गरेको छ। यदि यो पुष्टि भयो भने,…

डा. गोविन्द केसीले २०१२ देखि पटक–पटक अनशन गर्दै मुख्यतः स्वास्थ्य सेवा, मेडिकल शिक्षा सुधार, सुशासन र राजनीतिक हस्तक्षेप अन्त्य का…

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

प्रतिकृयाहरू
...