Tuesday 5th August 2025

कमला अधिकारीको तिज गीत “मुसुक्कै हाँसी देउ मायाले”(भिडीयो सहित)


तितोपाटी- हिन्दु नारीहरूको महान पर्व हरितालीका तिजको अबसर पारेर नेपाली सांगीतिक बजारमा दिनहुं दर्जन भन्दा धेरै तिज गीतहरू आउने क्रम जारी छ र यही क्रममा कमला अधिकारीको सुमधुर आवाज  रहेको तिज गीत “मुसुक्कै हाँसी देउ मायाले”  भर्खर मात्र सार्बजनिक भएको छ।

बिगत लामो समय देखि गीत संगीतलाई नजिक बाट नियाल्दै र माया गर्दै आईरहेकी मिठो स्वरकी गायिका कमला अधिकारीको शब्द तथा लय सिर्जना,कमला अधिकारी र बिष्णु खतिवडाको सुमधुर आवाज रहेको उत्कृष्ट तिजी कोसेली  सार्बजनिक भएको हो।

उत्कृष्ट नृत्य र अभिनय गर्न सक्ने क्ष्यमता भएकी राम्रो सम्भाबना बोकेकी मोडल सुमन रूचाल र ध्रुब हिमालीको उत्कृष्ट नृत्य रहेको उक्त भिडियोमा रविन शाहको निर्देशन,जयराम थापाको छायांकन रहेको कमला अधिकारीको “मुसुक्कै हाँसीदेउ मायाले” को म्यूजिक भिडियोलाई चेतन सागरले सम्पादन गरेका हुन।


सम्बन्धित शीर्षकहरु

मनिला: भारतीय नौसेना युद्धपोतहरूले पहिलो पटक आफ्ना फिलिपिनी समकक्षीहरूसँग विवादित दक्षिण चीन सागरका क्षेत्रहरूमा गस्ती सुरु गरेको मनिलाको सेनाले सोमबार…

चीनले ६ महिनासम्म अवतरण नगरी उड्न सक्ने सौर्य ऊर्जाबाट चल्ने ड्रोनको परीक्षण गर्‍यो सिनजियाङको मरुभूमिमा, चीनले उच्च-उचाइको सौर्य ड्रोनको वास्तविक-विश्व…

नेपाली जनताले बहुदलको शासन व्यवस्था अंगालेको ३६ वर्ष भइसक्यो । यो अवधिमा देशको बागडोर तीन प्रमुख दल — नेपाली कांग्रेस,…

प्रतिकृयाहरू
...