Monday 10th November 2025

कुवेतमा लगातार पक्राउ अभियान जारी,अभियानको तेश्रो दिन सम्म कुल ५६४ जना पक्राउ


तितोपाटी- कुवेत गृह विभागद्वारा जारी निरन्तर स्टिंग अपरेशनमा अवैध आप्रवासीहरु ठुलो संख्यामा पक्राउ परेका छन

कुवेतको आप्रवास कानुन तोडेको संगै अन्य विभिन्न कारणले अवैध कार्यमा आवद्ध रहेको आरोपमा पक्राउ परेका छन।

लेफ्टिनेन्ट-जनरल अनवर अल-बर्जास र मेजर जनरल जमाल अल-साइघको नेतृत्वमा रहेको सुरक्षा टोलीले लगातार तेश्रो दिन पनीकुवेतका विभिन्न क्षेत्रहरुमा धरपकड़ जारी राखेको छ।

पक्राउ अभियानको जारी तेश्रो दिन सम्म आउदा सम्म, पहिलो दिन ३९४,दोश्रो दिन ८० तेश्रो दिन ९० जना गरी कुल ५६४ जना पक्राउपरेका छन भने उक्त अभियान आगामी केही दिन सम्म जारी रहने छ।

अभियानमा कानून उल्लङ्घन गरी लुकीछिपी बसेका ठूलो संख्यामा रहेका आप्रवासी कामदारहरु पक्राउ गरेको ग्रहमन्त्रालयलाई उद्धतगर्दै अरबटाइम्सले जनाएको छ।

कुवेतमा रहनको लागि आवश्यक कागजपत्र नभएको भन्दैं कुवेत गृह विभागले यस्तो कदम चालेको बताएको छ ।सरकारले लगातार तेश्रो दिन पनी ब्यापक धरपकड गरेको थियो।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानको तालिबान सरकारले टर्कीमा भएको वार्ता असफल हुनुको दोष पाकिस्तानलाई दिएको छ र इस्तानबुल वार्तामा पाकिस्तानी प्रतिनिधिमण्डलले पाकिस्तानको सुरक्षाको सम्पूर्ण…

चिनियाँ नेता सी जिनपिङको निरीक्षणमा भव्य आयोग समारोह पछि चीनको सबैभन्दा उन्नत विमान वाहक, फुजियान, सेवामा प्रवेश गरेको छ, राज्य…

इस्तानबुल: टर्किएले युद्धको अन्त्य गर्न वार्ता अन्तर्गत उत्तरी इराकमा लुकेका हजारौं कुर्दिस्तान वर्कर्स पार्टी (PKK) लडाकुहरू र नागरिकहरूलाई घर फर्कन…

प्रतिकृयाहरू
...