Thursday 3rd September 2026

कुवेतमा लगातार पक्राउ अभियान जारी,अभियानको तेश्रो दिन सम्म कुल ५६४ जना पक्राउ


तितोपाटी- कुवेत गृह विभागद्वारा जारी निरन्तर स्टिंग अपरेशनमा अवैध आप्रवासीहरु ठुलो संख्यामा पक्राउ परेका छन

कुवेतको आप्रवास कानुन तोडेको संगै अन्य विभिन्न कारणले अवैध कार्यमा आवद्ध रहेको आरोपमा पक्राउ परेका छन।

लेफ्टिनेन्ट-जनरल अनवर अल-बर्जास र मेजर जनरल जमाल अल-साइघको नेतृत्वमा रहेको सुरक्षा टोलीले लगातार तेश्रो दिन पनीकुवेतका विभिन्न क्षेत्रहरुमा धरपकड़ जारी राखेको छ।

पक्राउ अभियानको जारी तेश्रो दिन सम्म आउदा सम्म, पहिलो दिन ३९४,दोश्रो दिन ८० तेश्रो दिन ९० जना गरी कुल ५६४ जना पक्राउपरेका छन भने उक्त अभियान आगामी केही दिन सम्म जारी रहने छ।

अभियानमा कानून उल्लङ्घन गरी लुकीछिपी बसेका ठूलो संख्यामा रहेका आप्रवासी कामदारहरु पक्राउ गरेको ग्रहमन्त्रालयलाई उद्धतगर्दै अरबटाइम्सले जनाएको छ।

कुवेतमा रहनको लागि आवश्यक कागजपत्र नभएको भन्दैं कुवेत गृह विभागले यस्तो कदम चालेको बताएको छ ।सरकारले लगातार तेश्रो दिन पनी ब्यापक धरपकड गरेको थियो।


सम्बन्धित शीर्षकहरु

इजिप्टको सिनाई क्षेत्रमा बुधबार यात्रुवाहक बस पल्टिँदा २२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। दुर्घटना लाल…

मध्यपूर्वमा इरान र अमेरिकाबीचको तनाव फेरि बढेको छ भने यो द्वन्द्व नयाँ चरणमा प्रवेश गरेको छ । अमेरिकी सेनाले इरानविरुद्धको…

नेपाल–चीन सीमामा हिमताल फुटेर आएको विनाशकारी बाढीमा परी हालसम्म १,२०४ जनाको मृत्यु भएको छ भने ४,२०० भन्दा बढी मानिस अझै…

प्रतिकृयाहरू
...