Friday 11th September 2026

छत्तिस आकाशगंगाको तस्बिर सार्वजनिक


तोयानाथ उपेक्षित, ब्रमाण्ड विशाल छ र यसको फैलावट निरन्तर जारी छ भन्ने बैज्ञानिकको भनाई त पटक पटक सुन्दै र पढदै आएको कुरा हो तर अहिले आएर हव्वल टेलिस्कोपको सहाराबाट ३६ वटा ग्यालेक्सी अर्थात आकाश गंगाका तस्विर सार्वजनिक भएका छन ।

बैज्ञानिकहरुले गरेको ४० वर्षको अध्यायनले केही कुरा स्पष्ट गरेका छन की

१ सवै आकाश गंगाहरुमा सुपरनोभा अर्थात नयाँ नयाँ ग्रहहरुको निर्माण र पुराना ग्रहहरुको विनाश हुने गरेको छ ।
२ सवै आकाशगंगाहरुमा ब्ल्याकहोलहरू छन् ।
३ सवै आकाशगंगाहरु को साईज निरन्तर फैलदो छ ।
४ सवै आकाशगंगाहरुमा फैलिएका ग्रहहरु ग्याश, धुलो, बरफ, पत्थर र आगोको पिण्डका रुपमा छन ।
५ प्रत्येक आकाशगंगाहरुमा दशै अरब भन्दा धेरै ताराहरु अर्थात पिण्डहरु छन ।
६ ती पिण्डहरु चन्द्रमा भन्दा सानो र सुर्य भन्दा लाखौगुणा ठुला छन ।
७ एउटा ग्यालेक्सि भित्र सयौ हजारौ हेविटेवल अर्थात जिवन उपयोगी तरल अवस्थामा पानी भएका ग्रहहरु हुन सक्छन ।
८ प्रत्येक ग्यालेक्सि भित्र हजारौ सुर्यहरु र तिनका लाखौ सदस्यहरु छन जसले आ आफ्ना झुण्ड बनाएर आफ्नै गतिमा घुमिरहेका छन ।
९ हरेक ग्यालेक्सि भित्र रहेका अरबौ ताराहरु मध्ये दैनिक जसो लाखौ को संख्यामा नयाँ ताराहरु को निर्माण र विनाश संभव छ ।
१० हाम्रो ग्यालेक्सि भित्र यसको निर्माणको शुरुमा १० औ करोड नयाँ ग्रहहरु बन्ने गरेको तर अहिले आएर दैनिक ७ वटा जति मात्र नयाँ ग्रहहरु दैनिक रुपमा निर्माण हुने गरेको छ ।
११ हाम्रो ग्यालेक्सि भित्रको त्यो डरलाग्दो फैलावट को गति जसरी स्थिर झै भई रहेको छ यसले यो आकाशगंगा समाप्तिको चरणमा प्रवेश गर्दै गरेको अनुमान गरिन्छ ।
१२ प्रत्येक ग्यालेक्सि भित्र मृत ताराहरु पनि छन जसको आकार देखिन्दैनन ।
१३ ब्रमाण्डमा कति तारा छन भन्ने कुरा को कुनै हिसाव छैन तर ग्यालेक्सि कति होलान भन्ने पनि बैज्ञानिकहरुले एकिन का साथ भन्न सकेका छैनन ।
१४ हाम्रो ग्यालेक्सि भित्र रहेका अरबौ प्लानेट मध्ये कति वटा सुर्य होलान, कति वटा पृथ्वी होला कुनै किटानी आधार छैन तर हाम्रो सौर्य मण्डल मा पृथ्वी मात्र एक्लो यस्तो ग्रह हो जहाँ जीवन छ ।
१५ हरेक ग्यालेक्सि भित्र ब्रमाण्डको एउटा नियम छ तर ती नियम तोडेर हिड्ने ग्रहरुलाई छुद्र ग्रह भनिन्छ जसले कुनै निश्चित ग्रह को परिक्रमा नगरेर अन्धाधुन्ध रुपमा भौतारिरहेका हुन्छन जसको कारण ब्रमाण्डमा अस्थिरता पैदा भई रहेको हुन्छ ।
१६ हरेक आकाशगंगा भित्र रहेका ग्रहहरुको विषयमा नभई हाम्रो आकाश गंगाको रहस्य को एक प्रतिशत ज्ञान मानिस ले प्राप्त गर्दा नगर्दा पृथ्वीको विनाश निश्चित भईसकेको हुनेछ ।
१७ मानिसलाई पृथ्वीबाट अन्तै स्थानन्तरण गर्ने बैज्ञानिकहरुको चुनौती अधुरो रहयो भने मानिसको अस्तित्व सदाका लागि समाप्त हुन धेरै समय लाग्ने छैन ।


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...