Sunday 22nd June 2025

सरकारद्वारा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक


सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान विवरण प्रस्तुत गरेका हुन् ।

कुल विनियोजनमध्ये चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१ दशमलव २ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात् १२ दशमलव ८ प्रतिशत विनियोजन गरिएको छ । त्यसैगरी प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत बजेट छुटयाइएको छ ।

अनुमान गरिएको खर्चको स्रोत व्यहोर्न आन्तरिक राजस्वबाट १२ खर्ब ४० अर्ब, वैदेशिक अनुदानबाट ५५ अर्ब ११ करोड लिइनेछ । त्यस्तै, वैदेशिक ऋणबाट २ खर्ब ४२ खर्ब २६ करोड र २ खर्ब ५६ अर्ब आन्तरिक ऋण गरी कुल ४ खर्ब ९८ अर्ब ४६ करोड रुपैयाँ बराबर ऋण लिइनेछ ।

 

 


सम्बन्धित शीर्षकहरु

कुवेतभरिका लुलु हाइपरमार्केटहरूले आफ्ना कर्मचारीहरूका लागि विशेष योग जागरूकता सत्र आयोजना गरेर जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउन विश्वव्यापी…

अमेरिकी एफडीएले गिलियड साइन्सेजको लेनाकापाभिर इन्जेक्सनलाई अनुमोदन गरेको छ। एचआईभी रोक्न यो सुई वर्षमा दुई पटक दिइनेछ। यो पूर्व-एक्सपोजर प्रोफिलेक्सिसको…

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार चीनसँगको संयुक्त अध्ययनमा हिमाली राष्ट्रमा ठूलो मात्रामा मिथेन ग्यासको भण्डार पत्ता लागेको कुरालाई शुभ…

प्रतिकृयाहरू
...