Saturday 28th February 2026

आजदेखि विक्रम सम्वत २०७९ सुरु, नयाँ वर्ष मनाइँदै


आज विक्रम सम्वत २०७९ सालको पहिलो दिन । नयाँ वर्ष २०७९ साल आजदेखि सुरु भएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।

नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाइने गरिन्छ । सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ ।

आज बिहानै स्नान गर्ने, घर, कोठा-आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास रहेको छ । विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ । भारतमा सरकारी सम्वत शक सम्वत भए पनि व्यवहारमा इस्वी सम्वत चलेको छ ।

विक्रम सम्वत् १३५ देखि शक सम्वत, सम्वत् ६३३ देखि मानदेव सम्वत, विक्रम सम्वत् ९३६ देखि नेपाल सम्वत चलेको हो । यी सम्वतमध्ये अहिले मानदेव सम्वतको चलन हराइसकेको छ । विक्रमको १२औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम सम्वतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासकारहरू बताउँछन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइने परम्परा छ।

-अनलाइन खबरबाट

 


सम्बन्धित शीर्षकहरु

बेइरुत/तेहरान/तेलअभिव — इरानमाथि सम्भावित अमेरिकी सैन्य कारबाहीको चर्चा चुलिँदै जाँदा मध्यपूर्वको शक्ति–सन्तुलनमा इरानसमर्थित सशस्त्र समूह हिज्बुल्लाह को भूमिकामाथि नयाँ प्रश्न…

निर्वाचनको संघारमा चार पूर्व प्रधानसेनापति दिल्लीमा: अर्थपूर्ण संकेत कि नियमित भेटघाट ? काठमाडौँ, फागुन १५ — नेपालमा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी…

काबुल/इस्लामाबाद — अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा पछिल्ला दिनहरूमा सैन्य झडप तीव्र बन्दै गएको छ । दुवै पक्षले एकअर्कामाथि ठूला सैन्य क्षति…

प्रतिकृयाहरू
...