Wednesday 17th June 2026

चार महिनामै झण्डै डेढ लाख विद्युतीय राहदानी वितरण


सरकारले चार महिनाको अवधिमा झण्डै डेढ लाख विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरण गरेको छ। परराष्ट्र मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले छोटो समयमै धेरैले विद्युतीय राहदानी लिएको बताइन्।

उनकाअनुसार ६५ जिल्ला प्रशासन कार्यालय, १५ इलाका प्रशासन कार्यालय, देशबाहिर रहेका १५ वटै नियोगबाट राहदानी वितरण भइरहेको छ। सरकारले मंसिर १ गतेबाट विद्युतीय राहदानी प्रचलनमा ल्याएको थियो।मन्त्रालयकाअनुसार चार महिना बढी अवधिमा १ लाख ४० हजार विद्धुतीय पासपोर्ट वितरण गरिएको छ। सेवाग्राहीको चापलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका र काभ्रेमा हप्ताको दुईपटक इ-पासपोर्ट पठाउने प्रबन्ध मिलाईएको प्रवक्ता लम्सालले जानकारी दिइन्।उनकाअनुसार मन्त्रालयले गैरआवासीय नेपालीलाई डिजिटल परिचयपत्र दिने तयारी भइरहेको छ।

-अन्नपूर्णपोष्टबाट

 


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...