Monday 5th October 2026

चितवनमा रात्रीबस र ट्रक ठोकिंदा ४ को मृत्यु, १७ घाइते


तितोपाटी – पूर्व–पश्चिम महेन्द्र राजमार्गको रत्ननगर नगरपालिका–१० भानुचोकमा मंगलबार राति ११ बजे बस र ट्रक एकआपसमा ठोकिँदा चारजनाको ज्यान गएको छ भने घटनामा १७ जना घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जिल्ला प्रहरीका प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालका अनुसार काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको ना ६ ख १७४१ नम्बरको मकालु यातायातको यात्रु बस र नारायणगढ तर्फबाट आउँदै गरेको ना ५ ख ५९४१ नम्बरको ट्रक एक आसपसमा ठक्कर खाएका थिए ।

घटनास्थलमा २१ जना घाइते भएपछि उपचारका लागि भरतपुरको पुरानो र नयाँ मेडिकल कलेजको शिक्षण अस्पतालमा ल्याइएको थियो । डिएसपी ढकालले नयाँ मेडिकल कलेजमा उपचार हुँदै गर्दा तीनजनाको निधन भएको छ । त्यसै गरी पुरानो मेडिकल कलेजमा उपचार गराइ रहेकामध्ये एकजनाको निधन भएको छ ।

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट प्राप्त विवरणमा ट्रकका चालक रौतहट चपुर–२ का ३४ वर्षीय मोहन घिसिङ र सहचालक चपुरकै ३० वर्षीय बुद्धिमान लामाको को निधन भएको छ । त्यसै गरी ताप्लेजुङकी ४२ वर्षीया तारा बरालको पनि निधन भएको रत्ननगर प्रहरीले जनाएको छ । प्रहरीको अनुसार काठमाडौं थानकोट–३ का विष्णुप्रसाद थापाको पनि उपचारको क्रममा ज्यान गएको छ ।

घटनाको कारणका बारेमा अनुशन्धान भइरहेको डिएपी ढकालले जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

वैज्ञानिकहरूले नासाको बेनु (Bennu) नामक क्षुद्रग्रहबाट ल्याइएको नमुना अध्ययन गर्दा सौर्यमण्डलको सुरुवाती इतिहासबारे नयाँ जानकारी फेला पारेका छन्। पहिले वैज्ञानिकहरू…

दशैंका लागि काठमाडौं उपत्यकाबाट करिब १५ लाख मानिस आफ्नो घर फर्किने अनुमान गरिएको छ। तीमध्ये झण्डै १० लाख यात्रु सार्वजनिक…

प्रतिकृयाहरू
...