Saturday 28th September 2024

ताप्लेजुङमा छोरी बलात्कार गरेको अारोपमा बाबु पक्राउ


तितोपाटी – ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आफ्नै बावुले छोरी बलात्कार गरेको आरोप लागेको छ ।

४० वर्षीय बाबुले आफ्नो १७ वर्षकी छोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । छोरीले दिएको उजुरीको आधारमा बाबुलाई पक्राउ गरिएको प्रहरी नायव उरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले बताए ।

दोभान इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपित बाबुलाई पक्राउ गरी बुधबार करणी सम्बन्धि मुद्दा दर्ता भएको बस्नेतले वताए ।

सहोदर आमाको मृत्युपश्चात कान्छी आमा लिएर बसेका बाबुले पटक/पटक बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

पछिल्लो पटक साउन ५ गते बलात्कार गरेको पीडितले दाबी गरेकी छन् ।पछिल्लो पटक कान्छिआमा माइती गएको मौकाछोपी बलात्कार गरेको दाबी गरिएको छ ।

अरुलाई सुनाउन हिम्मत नभएकाले पीडा लुकाएर बसेकी उनले पछिल्लो पटक भने जिल्ला प्रहरी कार्यालयमा आफैं गएर उजुरी दिएकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

इजरायलको सेनाले दक्षिणी बेरुतमा हवाई हमलाको श्रृंखला सुरु गरेकोछ । लेबनानको राजधानीमा रहेको हिजबुल्लाहको कमान्ड सेन्टर लाई लक्षित गरी गरिएको…

“स्वार्थ भन्दा माथि सेवा यहि नै बुद्ध भुमि / शान्ति भुमि प्रतिको टेवा ” भन्ने नारालाई आत्मसात गर्दै, रोजगारीको शिलशिलामा…

कुवेतको प्रमुख खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले देशका सबै आउटलेटहरूमा आफ्नो उच्च प्रत्याशित 'लुलु वर्ल्ड फूड' प्रवर्द्धन सुरु गरेको छ। 25…

प्रतिकृयाहरू
...