Monday 5th October 2026

ताप्लेजुङमा छोरी बलात्कार गरेको अारोपमा बाबु पक्राउ


तितोपाटी – ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आफ्नै बावुले छोरी बलात्कार गरेको आरोप लागेको छ ।

४० वर्षीय बाबुले आफ्नो १७ वर्षकी छोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । छोरीले दिएको उजुरीको आधारमा बाबुलाई पक्राउ गरिएको प्रहरी नायव उरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले बताए ।

दोभान इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपित बाबुलाई पक्राउ गरी बुधबार करणी सम्बन्धि मुद्दा दर्ता भएको बस्नेतले वताए ।

सहोदर आमाको मृत्युपश्चात कान्छी आमा लिएर बसेका बाबुले पटक/पटक बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

पछिल्लो पटक साउन ५ गते बलात्कार गरेको पीडितले दाबी गरेकी छन् ।पछिल्लो पटक कान्छिआमा माइती गएको मौकाछोपी बलात्कार गरेको दाबी गरिएको छ ।

अरुलाई सुनाउन हिम्मत नभएकाले पीडा लुकाएर बसेकी उनले पछिल्लो पटक भने जिल्ला प्रहरी कार्यालयमा आफैं गएर उजुरी दिएकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...