Friday 21st August 2026

कुवेतका लागि नेपाली राजदूत र कुवेतका सहायक विदेशमन्त्री वलीद अल खुबैज़ी भेटवार्ता सम्पन्न


कुवेतका लागि नेपाली राजदूत  दुर्गाप्रसाद भण्डारी र  कुवेत सरकार, परराष्ट्र मन्त्रालयका Assistant Foreign Minister for Asia Affairs His Excellency Waleed Al-Khubaizi बीच आज स्थानीय परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ  । भेटका अवसरमा उहाँहरू बीच नेपाल र कुवेतबीचको द्विपक्षीय सम्बन्ध एवं  आपसी हितसँग सम्बन्धित विषय विशेषतः उच्चस्तरीय भेटघाट, सहयोगात्मक सम्बन्धको थप विकास र विस्तार, नेपालीहरूको रोजगारीका अवसर लगायत नेपाल र कुवेत बीच कूटनीतिक सम्बन्ध स्थापनाको पचासौं वार्षिकोत्सवसँग सम्बन्धित विषयमा कुराकानी भएको नेपाली दुताबास कुबेतको आधिकारिक फेशबुकबाट जानकारी गराएको छ ।
सो भेटवार्ताका  अवसरमा कुवेत सरकार परराष्ट्र मन्त्रालय तथा नेपाली राजदूतावास, कुवेतका अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

अमेरिकाले कतारलाई करिब ४.५ अर्ब अमेरिकी डलर बराबरको सैन्य सम्झौता स्वीकृत गरेको छ। प्रस्तावित सम्झौताअन्तर्गत कतारले चारवटासम्म Boeing KC-46A Pegasus…

टर्कीले सिरियाभित्र आफ्नो सैन्य उपस्थिति थप विस्तार गरिरहेको क्षेत्रीय रिपोर्टहरूले जनाएका छन्। पछिल्ला दिनहरूमा टर्कीबाट सिरियातर्फ थप बख्तरबन्द गाडी तथा…

प्रतिकृयाहरू
...