Friday 19th June 2026

श्रीलंका र भारत जाने भन्दै भिजिट भिसामा दुबई जाने प्रयास, अध्यागमनले आठजनालाई फर्कायो


तीतोपाटी डटकम-त्रिअवि अध्यागमन कार्यालयले विभिन्न देश हिँडेका ८ जना नेपालीलाई रोकेको छ। सोमबार दुबई , केन्या, कतार र कुवेत हिँडेका ८ जना नेपालीलाई ‘ शंकास्पद यात्रा’ भन्दै प्रस्थान अनुमति नदिएको अध्यागमन कार्यालयले जनाएको छ।

उनीहरुले कसैले पनि भिटिज भिसामा खाडी मुलुक जानुपर्ने उद्देश्य पुष्टि गर्न सकेनन्। फिर्ता हुनेमध्ये केहीले भारत जाने बहानामा दुबई छिर्न खोजेको भेटियो भने केहीले श्रीलंका जाने बहानामा खाडी मुलुक जान खोजेको भेटिएको अध्यागमनका अधिकारीले बताएका छन्।

भारत हिँडेकी मोरङकी सुनिता कार्की, माल्दिभ्स हिँडेकी बर्दियाकी रेखा सुनुवार तिवारी,माल्दिभ्स हिँडेका अर्घाखाँचीका विशाल श्रेष्ठ, युएइ हिँडेका पाल्पाका दिप अर्याल, केन्या हिँडेका डडेल्धुराका हरिबहादुर सार्की, भारत हिँडेका मवानपुरका रंजित ठाडा मगर, कतार हिँडेका गोरखाकी सर्मिला सिरमल र कुवेत हिँडैकी नवलपरासीकी सुष्मा राईलाई अध्यागमन कार्यालयले रोकेको हो।

कार्की, तिवारी,मगर र राईको अनलाइनमा समेत दुवइको भिसा एक्टिभ देखिएकाले प्रस्थान अनुमति नदिएको अध्यागमन कार्यालयले जनाएको छ। गृहमन्त्रालयले भिटिज भिसामा खाडी मुलुक जान कडाइ गरेपछि मानव तस्कर संजालले वैकल्पिक माध्यमबाट पठाउने प्रयास गर्दै आएका छन्।

यस्तै, श्रेष्ठ माल्दिभ्स जाने भनि आएको तर भिजिट भिसामा दुबई जान खोजेपछि अध्यागमनले गृह मन्त्रायको मापदण्डअनुसार आवश्यक कागजात पेश गर्न भनेको थियो। उनले आवश्यक कागजात पेश गर्न नसकेपछि प्रस्थान अनुमति नदिएको हो।

अर्याल र सार्कीलाई वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएको नदेखिपछि प्रस्थान अनुमति नदिइएको अध्यागमन कार्यालयले जनाएको छ। अध्यागमनका अनुसार ठाडा मगर भने आफन्त भेट्न युएइ जान लागेका तर युएइमा आफन्त रहेको यकिन व्यवहोरा खु्ल्ने कुनै कागजात पेश गर्न सकेनन्। उनी पुन: भारत जान भनी आएको तर राहदानी अनलाइनमा प्रमाणिकरण गर्दा दुवइको भिसा समेत एक्टिभ रहेको पाइएपछि प्रस्थान रोकेको हो। उनले गृहमन्त्रालयको पत्रअनुसारको आवश्यक कागजात पनि पेश गर्न नसकेको अध्यागमनका अधिकारीले बताएका छन्।

यस्तै, सिरमलले गृहमन्त्रालयको पत्रअनुसारको कागजात नलिइ आएको हुँदा प्रस्थान अनुमति नदिइएको अध्यागमन कार्यालयले जनाएको छ। यसअघि सोमबार अध्यागमन कार्यालयले स्टकल्याण्ड हिँडेका भारतीय नागरिकलाई पनि यात्रा शंकास्पद भन्दै रोकेको थियो।
साभार-अन्नपूर्ण


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...