Sunday 6th September 2026

पानी मुनी भएपनि गठबन्धनलाई ठेगान लगाईन्छ-केपी ओली


नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पानी मुनी भएपनि गठबन्धनलाई ठेगान लगाउने चेतावनी दिएका छन् । शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले चुनाव जित्नका लागि सरकारमा जाने नभई जनताको काम गर्न जान चाहेको बताए । अध्यक्ष ओलीले गठबन्धनको आयु बढीमा एक वर्ष रहेको समेत बताए ।

गठबन्धनले जे काम गर्दा पनि झुक्याएर गरेको बताउँदै ओलीले संसदबाट नसकेर सर्वोच्चबाट सरकार बनाएको टिप्पणी गरे । उनले भने, ‘अब सर्वोच्च अदालतले होइन, जन अदालतले फैसला गर्छ त्यसको तयारी गर्नुस् ।

’ रामलाई षड्यन्त्र गरेर १४ वर्ष वनवास पठाएको स्मरण गर्दै उनले भने– ‘नेपालमा यति धेरै मन्थरा र सकुनीहरु छन्, उनीहरुले हामी विरुद्ध षड्यन्त्र गरिरहेका छन्।’ उनले शिक्षक, कर्मचारीलाई निष्पक्ष भएर काम गर्न आग्रह गर्दै उनले नेकपा एमालेले प्रशासनको बलमा नभई जनताको मतले चुनाव जित्ने दाबी गरे । उनले भने, ‘प्रशासनसँग एउटै आग्रह छ, तपाईहरु निष्पक्ष रहनुस् ।’ उनले भने, ‘जनताले एमालेमाथि विश्वास गरेको छ, हामीले मतदाता किन्दैनौ, अनावश्यक खर्च गर्दैनौं ।’


सम्बन्धित शीर्षकहरु

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

इन्डोनेसियाको माउन्ट अनाक क्राकाटाउ (Anak Krakatau) ज्वालामुखी पुनः सक्रिय भएर ठूलो मात्रामा ज्वालामुखीय खरानी आकाशमा फैलाएपछि जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको…

प्रतिकृयाहरू
...