Tuesday 20th October 2026

फेब्रुअरी २० देखि कोभिड विरूद्धको पूर्ण मात्रा खोप लगाएकाहरूले कुवेत आउँदा पीसीआर गर्नु नपर्ने


तीतोपाटी – कुवेत सरकारको मन्त्रिपरिषद्को साप्ताहिक बैठकले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध पूर्ण खोप लगाएका व्यक्तिलाई स्वदेश आउनुअघि र कुवेत आइसकेपछि पीसीआर परीक्षण गराउन र होम क्वारेन्टाइन बस्न नपर्ने निर्णय गरेको छ । सो निर्णय यहि फेब्रुअरी २० तारिकदेखि लागु हुने जनाइएको छ । सो कुरा सरकारका प्रवक्ता तारिक अल-मजरामले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् ।

सरकारका प्रवक्ता तारिक अल-मजरामलाइ उद्धत गर्दै अरब टाइम्समा प्रकाशित समाचार अनुसार नयाँ यात्रा प्रक्रिया अनुसार पूर्ण खोप नभएकाहरूलाई कुवेतको लागि उडानमा चढ्नु अघि ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ परीक्षण आवश्यक हुनेछ। आइपुगेपछि ७ दिन होम क्वारेन्टाइन, ७ दिन पछि क्वारेन्टाइनबाट बाहिर निस्कन पीसीआर टेस्ट नेगेटिभ हुनु पर्नेछ ।

कुवेतको स्वास्थ्य मन्त्रालयले स्वीकृत बुस्टर डोज प्राप्त गरेकाहरूलाई पूर्ण रूपमा खोप लगाइएको मानिनेछ भने अन्य अबस्थामा पूर्ण खोप लगाएको मानिने छैन ।

उपरोक्त निर्णय कुवेत भित्रिने यात्रुहरूका लागि लागु हुने भए पनि कुवेतबाट छुट्टीमा जानेहरूका बारेमा भने पीसीआर गर्नु पर्ने वा नपर्ने केही पनि जनाइएको छैन ।


सम्बन्धित शीर्षकहरु

जनताको असन्तुष्टिबाट सुरु भएको आन्दोलन जब स्वार्थ समूहको नियन्त्रणमा पुग्छ, तब अधिकारको आवाज अराजकताको कोलाहलमा हराउन थाल्छ। फ्रान्स, बेल्जियम, इटाली…

यमनको शबवा प्रान्तस्थित सैन्य शिविरमा हुथी विद्रोहीले तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्दा ५० जनाभन्दा बढीको मृत्यु भएको र कम्तीमा २००…

मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा जोखिम र क्षेत्रीय तनावलाई ध्यानमा राख्दै अमेरिकाले साउदी अरेबिया, यूएई, कुवेत, जोर्डन, बहराइन, ओमान, कतार, इराक,…

प्रतिकृयाहरू
...