Wednesday 12th November 2025

ग्रिस जाने क्रममा ज्यान गुमाएका २ नेपालीको शव ल्याइयो


ग्रिस जाने क्रममा सवारी साधन दुर्घटनामा परी ज्यान गुमाएका २ नेपालीको शव काठमाडौं ल्याइएको छ ।

मंसिरको पहिलो साता टर्कीबाट गैरकानूनी रुपमा युरोप प्रवेश गर्ने क्रममा ग्रीसको सीमानजिकै गाडी दुर्घटना हुँदा ४ जना नेपालीको ज्यान गएको थियो ।

उक्त सडक दुर्घटनामा मृत्यु भएका आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला घले र घिरिङ गाउँपालिका–५ तनहुँका ओमबहादुर थापाको शव गैरआवासीय नेपाली संघ (एनआरएन)को सहयोगमा बुधबार काठमाडौं ल्याइएको हो ।

एनआरएनए टर्किका अध्यक्ष उज्वल कुमार घिसिङका अनुसार ग्रिसमा सवारी दुर्घटनामा मृत्यु हुनेमध्ये रमिला घले र ओमबहादुर थापा श्रम स्वीकृति नलिई गएकाले एनआरएनको सहयोमा शव पठाइएको हो ।

घिसिङ भन्छन्, ‘एनआरएनले विभिन्न सहयोगदाता र संस्थागत सहयोगसहित ७ हजार २ सय यूरो संकलन गरेर २ जनाको शव नेपाल ल्याउन सकिएको हो ।’

रसुवाकी रमिला घलेको काठमाडौंको स्वयम्भूमा बौद्व संस्कार अनुसार अन्त्येष्टि गरिएको मृतकका दाई विरवल घलेले नेपालवाचलाई बताए ।
त्यस्तै तनहुँका ओमबहादुर थापाको शव विमानस्थलमा बुझेर अन्त्येष्टिका लागि तनहुँ लगिएको छ ।

दुर्घटनामा मृत्यु भएका कैलालीका लक्ष्मण सापकोटा र दोलखाका राजु लामाको शव भने नेपाल सरकारको श्रमिक कल्याणकारी कोषबाट माघ १२ गते नै नेपाल ल्याइएको थियो ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...