Tuesday 29th September 2026

एनआरएनमा फेरि लफडा, पन्तसहित ५ जनालाई प्रहरीको पत्र


काठमाडाैं – गैरआवासीय नेपाली संघ (एनआरएनए)काे लफडा प्रहरीसम्म पुगेकाे छ । निर्जाचनमा धाँधली भएकाे भन्दै प्रहरीसम्म उजुरी पुगेपछि उक्त संस्थाभित्रकाे विवाद सतहमा आएको हाे ।

जापानको एनसीसी निर्वाचनको धाँधलीमा संलग्न भएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ ।

ब्यूरोको अपराध अनुसन्धान शाखाले अध्यक्ष कुमार पन्तसहित पाँच जनालाई जापानको एनसीसीमा भएको निर्वाचनमा धाँधली गरेको आरोपमा पत्र काटेको बताएको छ ।

ब्यूरोले अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा.बद्री केसी, महासचिव डा. हेमराज शर्मा, सचिव गौरीराज जोशी र आइटीका डेभलपर महेश श्रेष्ठलाई पत्र काटेको हो ।

उनीहरूलाई माघ १७ गते पत्र काटिएको थियो । उनीहरूविरुद्ध ब्यूरोमा कसले उजुरी दिएको हो भन्ने चाहिँ खुलाइएको छैन ।

चुनावको मुखैमा प्रहरीबाट पत्र काटिनु चुनाव बिथोल्ने प्रपञ्च भएको एनआरएनएका प्रवक्ता डिबी क्षेत्रीले बताएका छन् ।

‘चुनावको मुखमा आएर त्यो पनि जो जो चुनावमा उठेका पदाधिकारीहरू छन्, उनीहरूलाई प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको अपराध अनुसन्धान शाखाबाट पत्र काटिनु चुनाव भाँड्ने वा खल्वल्याउने काम मात्र हो’ प्रवक्ता डिबी क्षेत्रीले भने ।

क्षेत्रीले भने, ‘संस्था चुनावको मुखमा पुगेको छ । यो समय त चुनावमा वा स्वतन्त्र प्रतिस्पर्धामा जाने पो हो त ?’
निर्वाचनको मुखैमा खोजिएको छिद्रले संस्थाको सदभाव भड्काउने उनले बताए ।

संस्थाभित्र छलफलको परिपाटी खुला हुँदाहुँदै अन्य संस्थाको हस्तक्षेप गर्ने वातावरण बनाइएको उनले आरोप लगाएका छन् । उनले यस्ता प्रक्रिया संघलाई मान्य नहुने बताए ।

प्रवक्ता क्षेत्री थप्छन्, ‘फेब्रुअरी २८ मा जसरी पनि चुनाव हुन्छ । यसको विकल्प छैन ।’


सम्बन्धित शीर्षकहरु

संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले अमेरिकाले आप्रवासीहरूलाई अन्य देशमा पठाउने नीतिले मानवअधिकार उल्लंघनको जोखिम बढाएको बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले…

इथियोपियामा सरकारी सेना र टिग्रे विद्रोही समूहबीच फेरि भीषण लडाइँ सुरु भएको छ। सरकारले विद्रोहीलाई छिमेकी देश इरिट्रिया र सुडानले…

अमेरिकी गुप्तचर संस्था सीआईएले रुसले स्पेन, इटाली र फ्रान्सलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्न सक्ने सम्भावनाबारे केही भूमध्यसागरीय देशलाई जानकारी…

प्रतिकृयाहरू
...