Tuesday 20th October 2026

नेपालमा सेवन गरेको लागूऔषधको मात्रा कोरियाको स्वास्थ्य जाँचमा देखिएपछि एक नेपाली फर्काइदै


तीतोपाटी, काठमाडौं – रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत दक्षिण कोरिया पुगेका एक नेपालीलाई कोरीया सरकारले एक महिना नपुग्दै नेपाल फिर्ता पठाउने भएको छ । नेपालमा रहदा ति यूवाले लागूऔषध सेवन गर्ने गरेको र कोरियामा पुनः स्वास्थ्य जाँच गर्दा उनको रगतमा लागूऔषधको मात्रा देखिएको थियो । उनलाइ लागूऔषधको कसुरमा दक्षिण कोरियाले डिपोर्ट (देशनिकाला) गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले मंगलबार सार्वजानिक सूचना जारी गर्दै भनेको छ, ‘कोरिया जानु अघि नेपालमा लागूपदार्थ सेवन गर्नु भएको छ भने कोरिया आएपछि गरिने स्वास्थ जाँचमा तपाईको रगतमा ड्रग्सको मात्रा देखिन्छ जसका कारण नेपाल फर्कनु पर्नेछ ।’
‘इपीएसमार्फत कोरिया पुगेका श्रमिकको स्वास्थ्य परीक्षण गर्दा रगतको पनि जाँच हुन्छ । रगतमा ड्रग्सको मात्रा देखिएमा पुनः परीक्षण गरिन्छ । दोस्रो पटक पनि ड्रग्सको मात्रा देखियो भने यहाँको सरकारले देश फिर्ता पठाइदिन्छ । ’

एनआरएनए दक्षिण कोरियाले कोरिया आउने प्रकृयामा रहेका सवैलाइ सचेत रहन आग्रह समेत गरेको छ ।


सम्बन्धित शीर्षकहरु

जनताको असन्तुष्टिबाट सुरु भएको आन्दोलन जब स्वार्थ समूहको नियन्त्रणमा पुग्छ, तब अधिकारको आवाज अराजकताको कोलाहलमा हराउन थाल्छ। फ्रान्स, बेल्जियम, इटाली…

यमनको शबवा प्रान्तस्थित सैन्य शिविरमा हुथी विद्रोहीले तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्दा ५० जनाभन्दा बढीको मृत्यु भएको र कम्तीमा २००…

मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा जोखिम र क्षेत्रीय तनावलाई ध्यानमा राख्दै अमेरिकाले साउदी अरेबिया, यूएई, कुवेत, जोर्डन, बहराइन, ओमान, कतार, इराक,…

प्रतिकृयाहरू
...