“चिसो बढेपछि”
याद आउछ घरिघरि चिसो बढेपछि ।
 कुरा खेल्छन् अनेक थरि चिसो बढेपछि ।।
रहरै रहरमा हो तिमिलाई अंगालेको।
 भन्लान् गरेछ मनपरि चिसो बढेपछि ।।
हामी छौ चार किल्लाको दरवार भित्र ।
 पढौ मायाको बाह्यखरि चिसो बढेपछि ।।
मायाप्रेम भुकम्प हो सुनामी पनि हो।
 उर्लन्छ सागरको छाल सरि चिसो बढेछ ।।
कोही छैन साथ दिने यो असल यात्रीको।
 आएहुन्थ्यो कुनै मञ्जरी चिसो बढेपछि ।।
माधब पौडेल असल यात्री
 हाल कुवेत

 
 














