Wednesday 26th August 2026

तमू समाज कुवेत द्वारा सेप्टेम्बर २१ मा चौथो अधिवेशन र डिसेम्बर २८ मा ल्होसार हुने


तितोपाटी – “गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नारा बोकेर ‘२५ डिसेम्बर २००९’मा स्थापना भएको नेपाली समाज कुवेतको सबैभन्दा जेष्ठ जातिय संस्था ‘तमू समाज कुवेत’ले आफ्नो चौथो ऐतिहासिक अधिवेशन आगामी २१ सेप्टेम्बरमा गर्ने समाज को अध्यक्ष खोप गुरुङ ले मिडिया मार्फत जानकारी दिएका छन।

समाज को आज ३ तरिक शुक्रबार बासेको बैठक भेला ले तमु हरु को महान पर्ब तमु ल्होसार पनि डिसेम्बर २८ तरिक २०१८ शुक्रबार दिन विभिन्न खेलकुद र संस्कृति कार्यक्रमको साथ धुमधाम तरिकाले मनाउने भएको छ। उक्त दिन कुनै पनी कार्यक्रम नजुधाइेदिन आयोजक तमु समाज कुबेत हार्दिक अनुरोध गर्दछ।

चौथो अधिवेशन समारोहलाई भव्य रुपमा सम्पन्न पर्न कुवेतमा क्रियाशील नेपाली संघ संस्था तथा समाजसेवी बुद्धिजीवी, कुवेतमा बसोवास गर्नुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, पत्रकार, कलाकर खेलाडी,सम्पूर्ण मा उपस्थित को लागि समाजले हार्दिक अनुरोध गरेको छ।

कार्यक्रमको विवरण:

मिति : २१ सेप्टेम्बर २०१८, शुक्रबार

स्थान : तय नभएको हल को खोजीमा

कार्यक्रम: समाज को चौथो अधिवेशन


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...