Friday 12th June 2026

म्यानमारकी प्रजातन्त्रवादी नेतृ सु चीलाइ ४ वर्ष जेल


तीतोपाटी – म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सु चीलाई ४ वर्ष जेलसजाय सुनाइएको छ । म्यानमारको अदालतले सोमबार प्रारम्भिक आदेश जारी गर्दै सुचीमाथि जेल सजाय सुनाएको हो ।

प्राकृतिक प्रकोपसम्बन्धी कानुनअन्तर्गत कोरोना भाइरससम्बन्धी नियम तोडेको आरोपमा उनी दोषी पाइएको सैनिक सरकारले जनाएको छ । सुचीमाथि लागेका अन्य आरोपमाथि सुनुवाइ हुन बाँकी नै छ । बाँकी मुद्दामा सेनाले चाहेअनुसार अदालतले फैसला गरेमा सुचीलाई अझ लामो जेल सजाय हुन सक्नेछ ।

बीबीसीका अनुसार सु ची लाइ ११ भिन्नाभिन्नै अभियोग लगाइएको छ तर सु चीले भने निरन्तर रूपमा आफूमाथि लगाइएको आरोप निराधार भएको बताएकी छिन् । गत फेब्रुअरीमा सैन्य कूमार्फत् निर्वाचित गैरसैनिक सरकार सत्ताच्यूत गरिएयता सू चीलाई घरमै नजरबन्दमा राखिएको छ।

गत फेब्रुअरीमा म्यानमार सेनाले कु गरी सत्ता हत्याउनुपूर्व सु चीले निर्वाचित नागरिक सरकारको नेतृत्व गरेकी थिइन् । सेनाले चुनावमा धाँधली भएको उल्लेख गर्दै सत्ता हत्ताएको थियो । चुनावमा सु चीको नेसनल डेमोक्रेटिक लिगले बहुमत ल्याएको थियो । त्यति बेलादेखि सु चीलाई घरमै नजरबन्द गरिएको छ ।

गत फेब्रुअरीमा सैनिक कू मार्फत सेनाले सत्ता हत्याएपछि म्यानमारमा व्यापक विरोध प्रदर्शनहरू भएका छन् । त्यहाँ प्रजातन्त्र समर्थकहरू, अभियानकर्मीहरू तथा पत्रकारहरूविरुद्ध सेनाले दमन गरेको छ । विरोधका क्रममा १०अाैं हजार मानिस गिरफ्तार भएका छन् भने हजाराैं मानिसको ज्यान गइसकेको छ।


सम्बन्धित शीर्षकहरु

२०२६ फिफा विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता हुने अपेक्षा गरिएको छ…

अमेरिका र इरानबीच मध्यपूर्वमा लगातार आक्रमण र प्रतिआक्रमण जारी रहँदा अप्रिलमा भएको कमजोर युद्धविराम झन् अस्थिर बनेको छ भने अमेरिकाले…

ताइवानले HIMARS मोबाइल रकेट प्रणाली प्रयोग गरेर चीनतर्फ सैन्य अभ्यास गरेको छ, जसबाट सम्भावित चिनियाँ आक्रमणको प्रतिरक्षा क्षमता प्रदर्शन गरिएको…

प्रतिकृयाहरू
...