Sunday 18th October 2026

साउदीबाट फर्किए ५२ हजार नेपाली


तितोपाटी- साउदी अरेबियामा कोभिड १९ को असर र विभिन्न कारणले अलपत्र परेका नेपाली स्वदेश फिर्ता हुने संख्या दैनिकी रूपमा बढ्दो छ । नेपाल एयरलाइन्स, हिमाल एयरलाइन्स, एयर अरेबिया, फ्लाई दुबई, अल जजीरा तथा सलाम एयरलाइन्स गरि चार्टर्ड उडानबाट हालसम्म ५२ हजार ७ सय ८६ जना स्वदेश फिर्ता भएका छन् ।

साउदीस्थित नेपाली दूतावास रियाद तथा वाणिज्य दूतावास जेद्धाको सहयोगार्थमा साउदी सरकारले हालसम्म कम्पनीमा कार्यरत रहँदा अकामा नविकरण नगरेका २ हजार १ सय बढि नेपालीलाई बहिर्गमन भीषा उपलब्ध गराएको छ ।

दूतावास रियाद तथा बाणिज्यदुत जेद्धाले साउदीमा कार्यरत नेपालीको पासपोर्ट नविकरण लागि आफ्नो फेसबुक पेजमार्फत आवश्यक विवरणसहित अनलाइन फारमको व्यवस्था गरेको छ। पुन: नवीकरण र पासपोर्टको नविकरणका लागि आवश्यक कागज संकलनको सहजीकरणका लागि साउदीका विभिन्न सहरमा अस्थायी कार्यालयको समेत व्यवस्था गरेको छ ।

दूतावास रियाद र बाणिज्य दूतावास जेद्धाका अनुसार हालसम्म १ सय १५ जना नेपालीको कोरोना भाइरसबाट मृत्यु भएको छ।

साउदीमा कार्यरत घरेलु कामदारहरूको पनि बिमा अनिवार्य हुने भएको छ। बिमा नगरी कामदार ल्याउन र राख्न नपाइने भएको छ । घरेलु कामदारमा घरमा काम गर्ने डोमेस्टिक हेल्पर, हाउस ड्राइभरलगायत विभिन्न विधा रहेका छन् भने बिमासम्बन्धती यो नयाँ नियमबाट घरेलु कामदार र घर मालिक दुबैलाई सुरक्षा र सुविधा मिल्ने भएको छ ।

कोरोना भाइरसबाट साउदीमा ५ लाख ४८ हजार २ सय ५२ जना संक्रमित हुनुको साथै ८ हजार ७ सय ७८ जनाको मृत्यु भएको छ भने ५ लाख ३७ हजार २ सय ८२ जना निको भएका छन् ।अन्नपूर्णपोस्टबाट


सम्बन्धित शीर्षकहरु

भारतमा ‘कोक्रोच जनता पार्टी’का संस्थापक अभिजीत दिप्के प्रहरी नियन्त्रणमा, बेपत्ता बनाइएको आरोपले चर्कियो विवाद भारतको राजधानी नयाँदिल्लीमा ‘कोक्रोच जनता पार्टी’का…

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

प्रतिकृयाहरू
...