Sunday 18th October 2026

कुवेत सरकारले आप्रवासीहरुका लागी अनलाइन भिसा जारी गर्ने


तितोपाटी- कुवेत आन्तरिक मामिला मन्त्रालयद्वारा मान्यता प्राप्त भ्याक्सिन पाएका सबैलाई प्रवेश भिसा जारी गर्ने औपचारिक घोषणा गरे संगै कुवेत आउन इच्छुक आप्रवासीहरुका लागी अनलाइन भिसा जारी गर्ने निर्णय गरेको छ।

तर भिसा जारी गर्ने र विमानस्थल पूर्ण क्षमतामा संचालन गर्ने दुईवटा निर्णयलाई सामान्यतया करिब दुई हप्ताको आवश्यकता पर्ने बताएको छ।

त्यसो त कुवेतको अन्तराष्ट्रीय विमानस्थल हिजो २४ अक्टूबर देखी पूर्णरूपमा संचालनमा आएपनी, नागरिक उड्डयन महानिर्देशालय (डीजीसीए) को अनुसार, बिमानस्थल बिस्तारै पुरानो लयमा फर्किन दुई हप्ता जती लाग्ने बताएको छ। (डीजीसीए)संगठित योजना अनुसार काम गर्ने र बिमानस्थलको संचालित सम्बन्धित अधिकारीहरु संग समन्वय जारी रहेको बताउदै , सुरक्षा स्रोतहरुका अनुसार “कुवेत द्वारा अनुमोदित कोरोना खोपको दुबै डोज लगाउनेहरुको लागी सबै प्रकारको प्रवेश भिसा पुनः जारी गर्ने निर्णय संगै आवेदनको लागी मन्त्रालयमा वरिष्ठ सुरक्षा अधिकारीहरुको बैठकलाई जनशक्तिको लागी सार्वजनिक प्राधिकरण संग समन्वय गरी निर्णयको कार्यान्वयन गर्नको लागी पुन एकपटक बैठक बसेर भिजालाई कार्यान्वयनमा ल्याइने बताए।

नोभेम्बर महीना देखी उक्त प्रवेश भिसा जारी गरीने अनुमान गरिएको(डीजीसीए) लाई उद्धत गर्दै अरबटाइम्सले लेखेको छ।

कोभिड-१९ को महामारी कारण अस्तव्यस्त रहेको कुवेत, क्रमशः सामान्य जीवनमाफर्किन सफल भएको छ। विविध योजना बाट पाँचौं चरणमा प्रवेश गर्दै, बन्द रहेका बिभिन्न क्षेत्रहरुलाई फेरि पुरानो लयमा फर्कनको लागी आइतबार बाट पूर्ण क्षमता सहित खुला गरेको छ।


सम्बन्धित शीर्षकहरु

भारतमा ‘कोक्रोच जनता पार्टी’का संस्थापक अभिजीत दिप्के प्रहरी नियन्त्रणमा, बेपत्ता बनाइएको आरोपले चर्कियो विवाद भारतको राजधानी नयाँदिल्लीमा ‘कोक्रोच जनता पार्टी’का…

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

प्रतिकृयाहरू
...