Tuesday 30th April 2024

बंगलादेशमा हिन्दुका मन्दिर तथा घरहरूमा तोडफोड, तीन जनाको मृत्यु


तितोपाटी- बंगलादेशमा एक फेसबुक पोस्टको कारण हिंसा भड्किँदा थुप्रै दुर्गा पूजा स्थलमा तोडफोड भएको छ । कम्तीमा १५० अल्पसंख्यक परिवारमाथि हमला भएको छ । अधिकारीहरूले तीन जनाको मृत्यु भएको पुष्टि गरेका छन् । बंगलादेशको कोमिल्ला जिल्लामा एक पूजा स्थलमा कुरानको कथित अपमानको अफवाहपछि हिंसा भत्किएको हो । हिंसा भड्किएपछि भारी सुरक्षाबल तैनाथ गरिएको छ । प्रहरीकाअनुसार हिंसाम तीन जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएका छन् । प्रहरीले अहिलेसम्म थुप्रै हिन्दु मन्दिर, घरहरू र पसलहरूमा तोडफोड गर्ने १० जनालाई पक्राउ गरेको छ । स्थानीयवासीले त्यहाँ यस्तो खालको घटना पहिलोपटक भएको बताएका छन् ।

२०११ को जनगणनाअनुसार बंगलादेशमा १४ करोड ९० लाख जनसंख्याको ८.५ प्रतिशत हिन्दु रहेका छन् । कोमिल्ला जिल्ला सहित अन्य थुप्रै जिल्लाहरूमा हिन्दु समुदायको मानिसहरूको ठूलो संख्या रहेको छ । पश्चिम बंगालका थुप्रै संगठनहरूले बुधबार रात भएको हिंसाको निन्दा गरेका छन् । विश्व हिन्दु परिषदले यस घटनाको गम्भीर रूपमा छानविन गर्न माग गरेको छ ।-बाह्रखरीबाट


सम्बन्धित शीर्षकहरु

उत्तरी पेरुको पहाडी सडकबाट एउटा बस खाल्डोमा खस्दा कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय…

७ बुँदे घोषणापत्र जारीगर्दै अन्तराष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन युरोपको माल्टामा सम्पन्न भएको छ । अप्रिल २७ देखि सुरुभएको…

एजेन्सी- ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा दोस्रो युद्धविराम हुनसक्ने सम्भावना देखिएको छ। हमास नेता याह्या सिनवारका अनुसार…

प्रतिकृयाहरू
...