Wednesday 7th October 2026

टहल आचार्यको गजल संग्रह – २५


गजल
###
हिरा फल्ने सम्म फाँट मोती फूल्ने भीर मेरो,
संसारलाई सुहाएको सगरमाथा शीर मेरो ।

मेची काली ईन्द्रावती मर्स्याङ्दी र भेरी अनि,
रोशी कोशी गण्डकी र कर्णालीको तीर मेरो ।

नेपालको मध्यभाग बागमती दोलखा जिल्ला,
जन्मस्थान सुनखानी गौरीशङ्कर नीर मेरो ।

वीर पूर्वजको रातो रगत बग्ने पाखुरा यी,
स्वाभीमानी मन मुटू दृढता र धीर मेरो ।

शान्तीगामी लुम्विनी र पशुपती मुक्तीनाथ,
कालिञ्चोक भिमेश्वरले सँधै हर्ने पीर मेरो ।

-टहल आचार्य


सम्बन्धित शीर्षकहरु

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय…

प्रतिकृयाहरू
...