Thursday 1st January 2026

चार नारी स्रष्टाका उदकहरू



घर
तिम्रो मेरो
विश्वासको एउटै भर !

माया
आउने जाने
उकाली चौतारीको छायाँ !

जीवन
प्राकृतिक देन
भावनाको मीठो जालो !

✍️ सविता के.सी., काठमाडौँ ।


तृष्णा
मेट्ने धोको
मिथ्या जीवनको वितृष्णा !

देशमा
बढ्दो कुसंस्कार
भष्टाचार दुराचार व्यभिचार !

मनोभावना
बुझेपछिको काम
सन्तुलन मिलाउने दाम !

✍️ इन्दिरा ज्ञवाली, तानसेन, पाल्पा ।


ओजोन
पातलिँदो अवस्था
प्रदुषणयुक्त जन जीवन !

दोहन
प्रकृति प्रचुर
क्षणिक मानव जीवन !

तृष्णा
तन बुढो
लोलुपता सदाबहार पठ्ठो !

✍️ कमला देवकोटा, पाल्पा ।


मन
साउने भेल
कहिले विनाशकारी बनिदिने !

बसन्त
फूलहरूको मौसम
मन झुल्छ हरदम !

शरद
स्वच्छ मौसम
दशैँ तिहारको रमझम !

✍️ सरस्वती श्रेष्ठ, रुपन्देही ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...