Saturday 11th October 2025

नेप्से ओरालो लाग्ने क्रम जारी, करिब ७३ अंकको गिरावट


तीतोपाटी डटकम-आइतबार ६१ अंकले घटेको शेयर बजारमा सोमबार पनि उच्च गिरावट आएको छ । सोमबार बिहान ११ बजे बजार खुलेपछि लगातार ओरालो लागेको नेप्से दिउँसो ३ बजे कारोबार बन्द हुँदा ७३.०५ अंकले घट्यो ।

सोमबार बजार मापक परिसूचक नेप्से २६८५.४१ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १२.९४ अंकले घटेर ५०६.३३ को बिन्दुमा पुगेको छ ।

यसदिन २२७ कम्पनीका १,०७,४८,०६८ कित्ता शेयर किनबेच हुँदा ५,१२,०९,७३,०९६ रुपैयाँको कारोबार भएको छ । सोमबार १३ वटै उपसमूहको मूल्यमा गिरावट आएको छ । सबैभन्दा धेरै फाइनान्स ४.५३ प्रतिशतले घटेको छ ।

न्यूजअफनेपालबाट


सम्बन्धित शीर्षकहरु

तितोपाटी - जेन-जी सहिद परिवारले सरकारसमक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहीबार राजधानीको संवाद डबलीमा सहिद परिवार संघर्ष समितिले…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको बाटुलेचौरस्थित लिची बगानको १३४ रोपनी जग्गा हडप्ने प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित…

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

प्रतिकृयाहरू
...