Friday 16th January 2026

विमानस्थलमा चाप बढन थालेसँगै भगौडाहरु लखेटिन थाले


तीतोपाटी – कुवेतमा भाईरसको संक्रमण घटेसँगै विमानस्थलमा चाप बढन थालेको छ । कुवेत सरकारद्धारा व्यवसायिक उडानलाई कोटा सिस्टम लागु गरेर दोहरो उडानको अनुमती दिन थालेको एक सातामा भारत र ईजिप्टबाट कुवेत भित्रनेको संख्या १७,८४३ पुगेको छ ।

दैनिक १० हजारको संख्यामा कुवेत भित्रन सक्ने गरी कुवेत सरकारले नियम बनाएको छ तर एक साता भित्र नै विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी यहाँको सरकारको रहेको समाचारहरुमा जनाईएको छ । गत सेप्टेम्बर ५ तारिकबाट ११ तारिकको तथ्यांक हेर्ने हो भने भारत र ईजिप्टबाट १७४ वटा उडान भएका छन । जस मध्ये ईन्डियाबाट ८५ वटा उडान कुवेतका लागि भएको देखिन्छ तर नेपालबाट भने हाल सम्म जजिरा एयरले बाहेक अरू एयरले नेपालबाट मानिसहरु कुवेतका लागि ओसारेका छैनन् । अर्को साताबाट नेपालबाट कुवेत विमान सञ्चालन हुने चर्चा भने शुरु भएको छ ।

यसै विच ईलिगल कामदारहरुको खोजी कार्य कुवेत सरकारले गर्न थालेको छ । हिजै मात्र विनिदअलगरबाट ९६ जना पक्राउ परेका छन । एक एक वटा ईलाकालाई घेरा हालेर उक्त घेराभित्र परेका मानिसहरुको सिभिल आईडी चेक जाँच गर्ने कार्य शुरु भएको छ । पक्राउ पर्नेमा अधिकांश भिषाका अवधी सिद्धिएका र भगौडाहरु छन । फरार अभियुक्त १ जना र एक जनाको कुनै कानूनी परिचय नखुलेको बताईन्छ । अब कुवेतको श्रम बजारको आपुर्ति सुचारु हुने भए सँगै ईलिगलहरुलाई पक्राउ गर्ने सजाय दिने र डिपोट गर्ने कार्यले तिब्रता पाउने बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...