Saturday 22nd August 2026

काबुल बम विस्फोटमा परी मृत्यु हुनेको संख्या ९० पुग्यो


तितोपाटी- अफगानिस्तानमा अमेरिकी नेतृत्वमा भइरहेको उद्धार कार्य अन्तिम चरणमा प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बिहीबार साँझ काबुल विमानस्थलमा बम विस्फोट भए पनि उद्धार कार्य रोकिएको छैन । आक्रमणपछि उद्धार कार्यलाई अझै तीव्रता दिइएको छ । विस्फोटमा परी मृत्यु हुनेको संख्या ९० पुगेको छ । अधिकांश अफगान नागरिकसहित १३ अमेरिकी सैनिकको मृत्यु भएको हो ।

विस्फोटमा तालिबान लडाकुको हताहती भएको विषयमा भने स्पष्ट हुन सकेको छैन । १५० भन्दा धेरै घाइते भएका छन् । अझै पनि आक्रमणको सम्भावना रहेकोे बताइएको छ । आक्रमणको इस्लामिक स्टेट–खोरासान (आइएस–के) ले जिम्मेवारी लिएको छ ।
अमेरिकाले राष्ट्रपति जो बाइडेनले आक्रमणको बदला लिने बताएका छन् । उनले जवाफी कारबाही गर्न रक्षा मन्त्रालयलाई निर्देशन दिइसकेका छन् ।यही अगस्ट १५ मा तालिबानले अफगानिस्तानको सत्ताकब्जा गरेपछि उद्धार कार्य जारी छ । तालिबानसँग भएको समझदारीअनुसार अगस्ट ३१ को म्यादभित्र उद्धार कार्य सकिसक्ने अमेरिका र उसका साझेदारहरूले जनाएका छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेत प्रवेश गर्दा वा कुवेतबाट बाहिरिँदा यात्रुसँग KD 3,000 वा त्यसभन्दा बढी नगद वा धारकको नाममा चल्ने वित्तीय साधन भए…

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाल सरकारले करिब आठ वर्षअघि खरिद गरेको जग्गामा अब नेपाली दूतावासको आफ्नै भवन निर्माण प्रक्रिया अघि बढाउने…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

प्रतिकृयाहरू
...