Thursday 30th October 2025

काबुल बम विस्फोटमा परी मृत्यु हुनेको संख्या ९० पुग्यो


तितोपाटी- अफगानिस्तानमा अमेरिकी नेतृत्वमा भइरहेको उद्धार कार्य अन्तिम चरणमा प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बिहीबार साँझ काबुल विमानस्थलमा बम विस्फोट भए पनि उद्धार कार्य रोकिएको छैन । आक्रमणपछि उद्धार कार्यलाई अझै तीव्रता दिइएको छ । विस्फोटमा परी मृत्यु हुनेको संख्या ९० पुगेको छ । अधिकांश अफगान नागरिकसहित १३ अमेरिकी सैनिकको मृत्यु भएको हो ।

विस्फोटमा तालिबान लडाकुको हताहती भएको विषयमा भने स्पष्ट हुन सकेको छैन । १५० भन्दा धेरै घाइते भएका छन् । अझै पनि आक्रमणको सम्भावना रहेकोे बताइएको छ । आक्रमणको इस्लामिक स्टेट–खोरासान (आइएस–के) ले जिम्मेवारी लिएको छ ।
अमेरिकाले राष्ट्रपति जो बाइडेनले आक्रमणको बदला लिने बताएका छन् । उनले जवाफी कारबाही गर्न रक्षा मन्त्रालयलाई निर्देशन दिइसकेका छन् ।यही अगस्ट १५ मा तालिबानले अफगानिस्तानको सत्ताकब्जा गरेपछि उद्धार कार्य जारी छ । तालिबानसँग भएको समझदारीअनुसार अगस्ट ३१ को म्यादभित्र उद्धार कार्य सकिसक्ने अमेरिका र उसका साझेदारहरूले जनाएका छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेतले लागूऔषध र मनोरोगजन्य पदार्थ विरुद्धको आफ्नो जारी लडाईमा निर्णायक कदम चालेको छ। मन्त्रिपरिषद्ले लागूऔषध ओसारपसार र सम्बन्धित अपराधका लागि…

अक्टोबर १७ मा बेरेजोभ्स्की शहरमा आफ्नी श्रीमती ४९ वर्षीया ओल्गा ब्लिनोभालाई ठूलो भान्साको धागोले छुरा प्रहार गरेको स्वीकार गरेपछि रफिस…

भारतीय मौसम विज्ञान विभाग (IMD) का अनुसार, आन्ध्र प्रदेशको काकीनाडा र मछलीपट्टनमको बीचमा चक्रवात 'मोन्था' को जमिनमा ठोक्किने प्रक्रिया सुरु…

प्रतिकृयाहरू
...