“पाँच तत्व पाँचै विकार, पाञ्चाङ्ग नै ठिक आधार “
पञ्चाङ्ग अभ्यास माला १
पञ्चाङ्ग १
पुर्व-पश्चिम नेपाल नै सारा हो तिम्रो
बोलेको नपुग्ने कस्तो पारा हो तिम्रो
दु:खी दरिद्र सताउने कस्तो हो बानी
कागजमै सिमित नारै-नारा हो तिम्रो
जनताले नै लगाएको भारा हो तिम्रो ।
-सुशीला पौडेल…… ❤ ❤
पञ्चाङ्ग १
स्वार्थमा डुबेका नियत सारा देखियो
साथी हूँ भन्नेको हृदय मारा देखियो
नियतीको निकासा कता लुकेको होला
धनी हो फुर्ती लगाउने पारा देखियो
बचाउनेले बचायो है भारा देखियो ।
-सविता के.सी. ❤
पञ्चाङ्ग १
तिमीलाई यी अाँखाकाे तारा सम्झेको छु
दुखभरि साथ दिने अभिभारा सम्झेको छ
नहुनू नि निष्ठुरी कहिलै मलाई भुलेर
जीवन भरिकाे मेराे सहारा सम्झेको छु
सँगै बाचाैँ सँगै मराैँ यही नारा सम्झेको छु।
-चन्द्रावती अधिकारी, कोहलपुर बाँके
पञ्चाङ १
तिजमा माइत जान सहज छैन तारालाई
बाढीपहिरो कोरोनाको ठुलो डर सारालाई
दुरि कायम गरि संस्कृती जोगाई तिजमा
सुरक्षीत हुनको लागी बदल्नु छ पारालाई
नत्र दुख पीडा मात्र आउँछ कर्म हारालाई ।।
पञ्चाङ २
आँखामा छारो हान्ने मात्र सारा देखियो
बिना काम आश्वासनका नारा देखियो
आफ्नो स्वार्थ पुरा गर्न लागेको दुनियाँ
फाइदा लुट्न सबै सर्बहारा देखियो
स्वार्थी दुनियाँ हेर्दा अफ्ट्यारा देखियो ।।
-तारा घिमिरे , संखुवासभा
पञ्चाङ्ग १
लक्ष्य ठूलो छुने मन आकाशका तारा थियो
रोजिरोटी नपाएर आबरा झै पारा थियो
जो संग जे छैन त्यसैको चाहना बढी हुन्छ
देश बिकास गरौ उनको मिठो नारा थियो
भाइ बन्धु इस्ट मित्र देखाउन सारा थियो।।
-लक्ष्मी बस्याल , बर्दिया
पञ्चाङ्ग १
दुनियाँ छल्कपट गर्ने सारा देखिए
अपिलमा आश्वासनका नारा देखिए
सबै आफ्ना स्वार्थ पूरा गर्ने मात्रै हुन
सबै नेता उस्तै जनता मारा देखिए
नेताका भरौटे सबै आबारा देखिए ।।
– दुर्गा भट्टराई , मोरङ
पञ्चाङ्ग १
जब तिमी ओरालो लाग्छौ तिम्रोपछि सारा लाग्छन्
न त दिनमै घाम लाग्छन् न त रातमा तारा लाग्छन्
यस देशको सामाजिक सोच ढुङ्गे युगमै छ अझै प्रिय
म तिमीलाई सोझै भनूँ मेरा कुरा अप्ठ्यारा लाग्छन्
विषम कालमा भीष्म कर्ण विदूर पनि किनारा लाग्छ ।।
२
जब तिमी ओरालो लाग्छौ तिम्रोपछि सारा लाग्छन्
न त दिनमै घाम लाग्छन् न त रातमा तारा लाग्छन्
यस देशको सामाजिक सोच ढुङ्गे युगमै छ अझै प्रिय
म तिमीलाई सोझै भनूँ मेरा कुरा अप्ठ्यारा लाग्छन्
विषम कालमा भीष्म कर्ण विदूर पनि किनारा लाग्छन् ।।
३
सबैकालागि आमा सृष्टिकै अनुपम सितारा हुन्
अत्यासले छट्पटिएको दिललाई प्रेम धारा हुन्
काल, परिस्थिति र परिवेश जुनसुकै होस् आमा
सन्तानका खातिर ममताभरी फेवा हुन् रारा हुन्
दु:खको सागर बीचकि एक भरपर्दो सहरा हुन् ।।
-सृजना सरोवर उदयपुर
पञ्चाङ्ग १
नेता नि कस्तो आफ्नै गतिको पारा भयो
बिकास भन्ने कुरा सधैंको नारा भयो
दिनहुँ जनता मरेकै छन् भोक भोकै
कुन जुनिको श्रापित कस्तो भारा भयो
तिम्रो आनिबानी साच्चै भाइ मारा भयो ।
पञ्चाङ्ग २
संबिधान पनि जनताको छारो भयो
कहिले बढ्ने कहिले घट्ने पारो भयो
राम्रो गर्छु भनेर कागजमा सिमित
बुझ्नै सकिन्न जनतालाई हारो भयो
जतासुकै छरेको नटिप्न चारो भयो
पञ्चाङ्ग ३
कानुनलाई मिच्ने धारा बनाउन हुन्न
जनता आँखाको तारा बनाउन हुन्न
सजिलो छैन अब त तिमी बाँच्नलाई
जथाभावी लेखी नारा बनाउन हुन्न
उस्तै दुर्गन्धित पारा बनाउन हुन्न ।
-सोमनाथ लुइटेल “रवि पाल्पाली
पञ्चाङ्ग १
नेताले तिर्न सकेनन् अवनीकाे भारा पापी
मिठा सपना मतदातामा बाँडे सारा पापी
चुनावमा घर दैलाे अरु दिन् लापता हुदै
यो देश कैले बन्ला सँधै अलापे नारा पापी
साला जेठान कुर्सिमा पु-याउने पारा पापी
-मधुसूदन प्रसाद घिमिरे , काठमाडौं
✍️पञ्चाङ्ग✍️ १
••••••••••••••
जनता उठौँ घन्काऊँ नारा राष्ट्रियताको
जन्म ऋण छ अभिभारा राष्ट्रियताको
कस्को भर पर्ने हो! अब अाँफै जागौँ
जुट्नु छ रक्षा गर्न सारा राष्ट्रियताको
राम्रो छैन दुष्टको पारा राष्टृयताको ।।
✍️पञ्चाङ्ग✍️ २
………………………
भाषण-मा हराउने भो समाज-बाद – यहाँ
साच्चै भन्दा हुँदै भएन जनता आजाद यहाँ !
मौषमी सत्तामा चल्ने देशको खै! कुरा गर्ने
अझ फैलदै गयो भ्रष्टाचार-को गाँज यहाँ
यो भता-भुङ्ग पार्ने चोर नेता हुन् खास यहाँ ।।
-रवीन्द्रनाथ पोखरेल
देबचुली नपा३,
नवलपरासी