Thursday 15th October 2026

इन्दिरा ज्ञवालीका ८ षड्ऋतुहरू


षड्ऋतुहरु

######

माता पिता देव
गर्नु हुन्नभेद
कति दुख गरे
हाम्रै भर परे
बृद्धाश्रम कता
भन्दै लान्छन् त्यता
१

गाईजात्रा सुरु
व्यङ्ग्यवाण गरुँ
नेता गए कता
गर्दै व्यङ्ग्य यता
शडकमा ल्याऊ
अगाडि झुकाऊ
२

टलक्क टल्कियो
झलक्क झल्कियो
घाममा पग्लियो
जाडोमा अग्लियो
बाफ बनी उड्यो
घरिघरि गुड्यो
३

बुढेशकालमा
तिम्रो त्यो तालमा
फसेछु जालमा
भनेको मान्दैन
अाफूले जान्दैन
विश्वास लाग्दैन
४

राजनीति गर्दै
भाेट देऊ भन्दै
त्यस भित्र रम्दै
धेरै वर्ष बिते
न यता तिरको
न उता तिरको
५

तीजको बेलामा
जाने हो मेलामा
कम्मर कसेर
खाछैन बसेर
देखेर हुँदैन
लेखेको पाइन्छ
६

पढी लेखी ज्ञानी
हुनुपर्छ नानी
तिम्रो राम्रो बानी
रैछौ तिमी दानी
सबैतिर बुझें
तिमीलाई चुने
७

नानी बाबु बस
नित्य कर्म सक
किताब खोलेर
राम्ररी पढेर
असल बनेर
बन्नेछौ अमर
८

इन्दिरा ज्ञवाली
तानसेन,पाल्पा


सम्बन्धित शीर्षकहरु

अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अमेरिकी सेनाले इरानका आणविक केन्द्र र ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न आवश्यक परे MOAB (मदर अफ…

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

प्रतिकृयाहरू
...