Thursday 8th October 2026

दस उदक यात्रीका उदकहरू


१
मृग
नाच्ने वनैमा
डाँफे मयुर कस्तुरी ।

हानाहान
मुक्का राजनीती
गाईजात्रा गणतन्त्र प्रजातन्त्र ।

झरना
बग्ने पानीको
नदी ताल समुन्द्र ।

✍️ बिन्दु पौडेल, दाङ

 

२
ताल
कमलको अभ्युदय
भ्यागुताको प्रजनन स्थल ।

कमल
ब्रह्माजीको अवतरण
सुन्दर प्रतिविम्व तालमा ।

रक्षाबन्धन
वैदिक मिलन
रोग भय हरण ।

✍️ कमला देवकोटा, पाल्पा

 

३
मुटु
सानो छिद्र
असह्य मनको पीडा ।

अनुभव
सुखदुःखको रूप
हृदयको भित्री कुना ।

खुसी
शिशुको जन्म
दिनदिनमा गरिने कर्म ।

✍️ सवतिा के.सी., काठमाडौँ

 

४
खोला
कुलो खेत
हुन्छ किसानको भेट ।

फूल
शान्तिको प्रतीक
सुन्दर जीवनको मूल ।

सगरमाथा
नेपालको शान
पर्यटनको आगमन क्षेत्र ।

✍️ अनुग्रह राना मगर ‘पुष्पु’
संखुवासभा हालः मलेसिया

 

५
निरास
कप्तान टाइटानिकको
अन्त बाँच्ने आशाको ।

चाहना
नव शक्तिको
युवा जोश जाँगरको ।

जागेका
युवा जमात
जुटाउँन सहयोगी हात ।

✍️ टीकाराम जोशी, कैलाली

 

६
बाग्लुङ
सानो नेपाल
झोलुङ्गे पुलको जिल्ला ।

आँशु
जिउने आधार
दुःखको असल साथी ।

हावा
अनुपम शीतलता
नरोकिने अदृश्य वाणी ।

✍️ कमल जि.सी. रामु,बाग्लुङ, हालः युएई

७
परम्परा
क्वाँटी पर्व
मनाउँ हामी सहर्ष ।

राखी
आयातित चलन
अब हाम्रो धड्कन ।

सनातन
धर्महरू मध्ये
ऋषितर्पणी समेत ।

✍️ मधुसुदन प्रसाद घिमिरे, काठमाडौँ

 

८
साहित्यकार
मानव मन
सबै उसको परिवार ।

साधना
पक्कै सम्झनु
युगौं बाँच्ने चाहना ।

लालीगुराँस
नेपालीहरू खाडीमा
एक्लै सम्झेर निरास ।

✍️ खगेन्द्र बस्याल, रुपन्देही

 

९
हिमाल
प्राकृतिक सम्पदा
आहा! सुन्दर नेपाल ।

आवश्यकता
असीमित तत्व
चोखो हृदय मानवता ।

माया
सर्वस्व दान
लैला मजनुको विधान ।

✍️ बादल गुरुङ ‘वियोगी’, कपन, काठमाडौँ

 

१०
पल्लवित
दक्षिणपन्थी नायक
जनताको संविधानमाथि  घात ।

गणतन्त्र
जनताको नासो
नेतृत्वले बनायो पासो ।

गाईजात्रा
दलिय नेतृत्व
देशको समृद्दिमा बाधक ।

✍️ नारायणप्रसाद उपाध्याय, कैलाली


सम्बन्धित शीर्षकहरु

फ्रान्समा पछिल्ला दिनमा हिंसात्मक प्रदर्शन, प्रहरीसँग झडप, आगजनी र व्यापक पक्राउका दृश्य सार्वजनिक भइरहेका बेला इजरायल–प्यालेस्टाइन द्वन्द्वसँग जोडेर सामाजिक सञ्जालमा…

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी…

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर…

प्रतिकृयाहरू
...