Saturday 8th February 2025

जनै पूर्णिमा विशेष आठ स्रष्टाका पञ्चाङ्गहरू


“पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार “

जनै पूर्णिमा तथा रक्षाबन्धन २०७८ को उपलक्ष्यमा सम्पूर्ण पञ्चाङ्ग परिवार साथै नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना साथै यसै उपलक्ष्यमा लेखिएका केही पञ्चाङ्गहरू यसप्रकार रहेका छन् ।

पञ्चाङ्ग

जनै पुर्णिमाको दिन धेरै शुद्ध बन्नु पर्छ हामी।
रक्षा बन्धन हातमा बाध्दा मन्त्र भन्नु पर्छ हामी।
परम्परा देखिका हाम्रा रीति रिवाज जोगाउन,
चाडपर्वलाई एक एक गरि गन्नु पर्छ हामी।
परम्परा बिगार्नेलाई त जरै देखि खन्नु पर्छ।

सुशीला पौडेल

पञ्चाङ्ग

जिन्दगीलाई ओल्टाई पल्टाई हेरेँ टुटेको देखियो
नातासम्बन्ध केलाई बताई हेरेँ छुटेको देखियो
नबुझेर हो कि मर्छु भन्ने थाहा पाएर गल्ती गर्छन्
सम्झनाका लहरमा भेल बाढीले चुटेको देखियो
मरिजाने चोलामा शत्रुहरू सबै जुटेको देखियो ।

सविता के.सी. ❤

पञ्चाङ्ग

सनातन धर्म कर्ममा ब्राह्मण जान्न थाले।
दुनिया रक्षा गर्न रक्षाबन्धन मान्न थाले।
जनै लाउने क्वाँटी खाने परम्परा पुरानो
वर्ष भरि जनैलाउन मन्तर तान्न थाले।
परम्परा बचाइ राखौ ब्राह्मण हान्न थाले।

जनै पूर्णिमा मनाउन ब्राह्मण भेला भए।
जनैहरु मन्तरेर सबै शुद्ध खेला भए।
गुरु ज्वाइ भान्जा भान्जी देखि लाउने चलन
रक्षा गर्न जनै लाइ ताआो बाध्ने बेला भए।
बालक देखि बृद्ध सम्म संस्कृति मेला भए।

लक्ष्मी बस्याल, बर्दिया

पञ्चाङ्ग

वैदिक धर्मको मर्म,बुझेर बस्नु पर्दछ।
परिक्षण गरी हेर्न, जुधेर बस्नु पर्दछ।
यज्ञोपवीतका साथ,रक्षा सुत्र लगाउँदा।
मन्त्रले साधनामा भित्रै,डुबेर बस्नु पर्दछ।
डोरो रङ्गाउँदै बाध्न,कुदेर बस्नु पर्दछ।

तोयानाथ सुवेदी

२०७८ भाद्र ६ जनै पूर्णिमा विशेष पञ्चाङ्ग

सात थरि गेडा भिजाएर क्वाँटि खानै पर्छ ।
ज्वाइँ भानिज पुरेत क्वाँटि खान जानै पर्छ ।
रक्षा बन्धन बाँधे मान्छे निरोगि नि हुन्छ रे ।
छोरीको घर्मा क्वाँटि समेत सिधा लानै पर्छ ।
परम्परागत चाडलाइ क्वाँटि मान्नै पर्छ ।

रक्षा बन्धन् यौटा उल्लास पर्व मान्नै पर्छ ।
डोरो बाँधेर हामी उल्लास पर्व ठान्नै पर्छ ।
सनातन् धर्मा बलम्बिले यो चाड मनाउँछन्।
नयाँ जनै लगाइ उल्लास पर्व जान्नै पर्छ।।
राखि बाँधेर पनि उल्लास पर्व धान्नै पर्छ ।

मधुसूदन प्रसाद घिमिरे

पञ्चाङ्ग

परम्परा हाम्रो संस्कृति सबै मनाउनु पर्छ
सानो ठूलो पर्व मिलेर सधैं बचाउनु पर्छ
अमीर गरिबको कत्ती हुँदैन चाडपर्वमा
रक्षाबन्धनको धागोमा हामी सजाउनु पर्छ
आशिर्वाद आशिषले हामी रमाउनु पर्छ ।

सोमनाथ लुइटेल “रवि पाल्पाली“
पाल्पा , हालः- युगाण्डा

पञ्चाङ्ग

सप्तर्षिको पूजा गरी डोरो लगाऊँ आऊ
रोग भोक शोकहरु सबै भगाऊँ आऊ।
रीतिरिवाज धान्नै पर्छ सन्तानको लागि
निदाएका सुस्ताएका सबै जगाऊँ आऊ
नजानेमा पुर्खाबाट सबै मगाऊँ आऊ।

चन्द्रावती अधिकारी
कोहलपुर वाँके।

पञ्चाङ्ग

आयो जनै पूर्णिमा आ आफ्नो जनै फेर्नु साथी हो
ब्राह्मण संग रक्षा डोरो हातमा बेर्नु साथी हो
फुपु,दिदी,बैनी सम्झदा पुराना याद ताजा भो
क्वाटी खाँदै वरिपरी चेलीबेटी घेर्नु साथी हो
बालापन सम्झी कस्का डोरो बढी हेर्नु साथी हो।

शर्मिला श्रेष्ठ,ललितपुर
हाल अमेरिका


सम्बन्धित शीर्षकहरु

ईजरायल विरुद्ध हावी बनेको अन्तराष्ट्रिय फौजदारी अदालतका विरुद्धमा राष्ट्रपति डोनाल्ड ट्रम्प खरो रुपमा उत्रिएका छन । उनले ईजरायली राष्ट्रपति बेन्जामिन…

उमा कता छौ? पानी ल्याउन कस्तो प्यास लागेको। गर्मी चढिसक्यो नि बाबू अब त। आमाले गिलासमा पानी ल्याइदिईन्। तपाईं त…

साहित्यिक पत्रकार , अग्रज साहित्यकार, जनमत राष्ट्रिय मासिकका प्रधानसम्पादक मोहन दुवाललाई पाल्पा साहित्य समाजले सहिद दिवसको अवसरमा पाल्पाको तानसेनमा सम्मान…

प्रतिकृयाहरू
...