Thursday 23rd July 2026

युगल फोटोग्राफी प्रतियोगिता २०२१ को उपाधि विवेक श्रेष्ठलाई


राजाराम गौतम, काठमाडौं – १८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको युगल पोट्रेट फोटोग्राफी प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । विवेक श्रेष्ठ ललिपुरका मक्षिन्द्र फोटो स्टुडियोका फोटोग्राफर हुन् ।

फोटो व्यावसायीहरुको क्षमता विकास, फोटोको उत्थान र फोटोग्राफरहरुको सम्मानका साथै नेपाली फोटोग्राफीलाई अन्तराष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यले प्रतियोगीत आयोजना गरिएको फाटो पसलका प्रबन्ध निर्देशक विक्रम न्यौपानेले बताउनुभयो । प्रतियोगीतमा ३८ जिल्लाका ३ सय ६६ जना फाटोग्राफरले पठाएका ५ सय १३ वटा फोटोले सहभागिता जनाएका थिए । प्रतियोगिताको संयोजको रुपमा सिनियर ल्याब टेक्निसियन हरि बहादुर पाण्डे, निर्णायक मण्डलहरुमा संयोजक वरिष्ठ फोटोग्राफर योगेन्द्र जंग बस्नेत, रिपब्लिक अफ ट्रिनेड एन्ड टोबाको का वरिष्ठ फोटोग्राफर जेम्स बि सोलोमन, भारतका फोटोग्राफर किगन डेनिस रहनु भएको थियो ।

कार्यक्रममा माउन्टेन फोटोग्राफिका बादशाह जगदिश तिवारीले यस किसिमका प्रतियोगीता बाट नेपाली  टोग्राफरहरुको व्यावसायीकतलाई महत्वपुर्ण सहयोग प७३घढसग्ने बताउन७३घढस भयो । अघिल्लो वर्ष फोटोपसलले कोभिड १९  फोटो प्रतियोगिता जनचेतनामुलक र फ्रन्ट लाईनमा खटिएका डाक्टर, नर्स, सुरक्षाकर्मी, र पत्रकारहरुको
सम्मानमा संचालन गरेको थियो ।

फोटो पसलले यो पटक फोटो व्यावसायी र फोटोग्राफरहरुलाई विश्व फोटो दिवसको महत्व र फोटोग्राफरकार सम्मान र फोटोको मुल्याङकन गर्दै क्षमता विकास गराउने र यस प्रतियोगितामा सहभागीहरुलाई निःशुल्क तालिमको व्यवस्था गरेको छ । प्रतियोगिताको संचालन कार्यक्रम प्रस्तोता राजाराम गौतमले संचालन गरेका थिए ।

 


सम्बन्धित शीर्षकहरु

भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भीषण मिथेन ग्यास विस्फोटपछि मृत्यु हुनेको संख्या २० पुगेको…

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

बेलायतका नयाँ प्रधानमन्त्रीले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले बिजुलीमा लाग्दै आएको भ्याट हटाउने र बस भाडा घटाउने घोषणा…

प्रतिकृयाहरू
...