Wednesday 29th April 2026

षड्ऋतुः शहरी जिवन -रमा पन्त


(१)
काम गर्न दुख
खानलाई सुख
सोच आयो पैले
गाउँ छोडि हिड्ने
शहरमा छिर्ने
सोच आयो ऐले
(२)
शहरमा बस्छु
सधै दङ्ग पर्छु
दुध हुन्छ पानी
मिठो मानि खानि
स्वाद कत्ति छैन
तर नभै हुन्न
(३)
तरकारी बासि
केके मल हालि
स्वाद पनि छैन
मिठो पनि हुन्न
जति पकाएनि
पाक्ने पनि हैन
(४)
फलफुल कस्ता
कुनै छैन सस्ता
हेर्दा कति राम्रो
खादा हुने चाम्रो
बिषालु हालेर
केगर्ला खाएर
(५)
दाल र चामल
कति धेरै मुल्य
स्वदेशमा हुन्न
बिदेशी ल्याउने
गरिब जनता
कसरी खाने
(६)
नुन तेल सबै
सस्तो छैन कतै
काम गर्न हुन्न
माटो हिलो छुन्न
बसिबसि खान
आउँछ कसरी
(७)
राम्रो लगाउने
मिठो खाने सोच
बसिबसि खाने
उपायको खोज
ठुला ठुला घर
मन कति सानो
(८)
एक अर्कोलाई
भरोसा नगर्ने
तपाईं नभन्ने
मपै भन्नु पर्ने
यसरी चलेको
शहरि जिबन
(९)

रिस राग द्वेष
कलह झगडा
तेरो मेरो गर्ने
सधैनै तगडा
सहयोग छैन
केही भन्न हुन्न
(१०)
गाडि र बाइक
बाटोमा साइड
पैदल यात्रुले
दुखमात्र पाइ
मान्छे कति बोक्ने
ब्याक गरी ठोक्ने
(११)

बिरामी भएमा
हस्पिटल जाने
महङ्गो दबाइ
कसरी हो खाने
धनपैसा चैट
बिरामी नि चैट
(१२)
शहरमा बस्छु
मत दङ्ग पर्छु
छतकौसी खेति
गमलामा फुल
कसैले नगरौ
अब यस्तो भुल!

-रमा पन्त
पाल्पा


सम्बन्धित शीर्षकहरु

विश्वको प्रमुख तेल उत्पादक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)ले आगामी मे १ देखि ‘ओपेक’ र ‘ओपेक प्लस’ दुवै संगठनबाट बाहिरिने…

जेनजी मुभमेन्ट नेपालले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाउँदै प्रस्तुत अध्यादेश अस्वीकृत गर्न आग्रह गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहले राष्ट्रपति…

तितोपाटी-  नेपाली कांग्रेसका एक समूहले  धुम्बाराहीको स्मार्ट होटलमा भेला आयोजना गर्यो । देउवा पक्षीय नेताको उक्त  भेलामा समसामयिक घटनाक्रमको ब्रिफिङ…

प्रतिकृयाहरू
...