Saturday 29th August 2026

प्रियंकाले ‘भारत’ छोडिन्, सलमान अाक्रोसित बने


तितोपाटी – अमेरिकी गायक निक जोनससँग इन्गेजमेन्ट गरेर चर्चामा रहेकी अभिनेत्री प्रियंका चोपडाले फिल्म ‘भारत’ छोडेकी छिन्।

शुटिङ सुरु गरेको दुई दिनमै उनले फिल्मबाट हात झिकेपछि मुख्य अभिनेता सलमान खानले आक्रोश पोखेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार आफ्नो भुमिका साँघुरिएको र प्रेमी निकसँगको इन्गेजमेन्टलाई लिएर प्रियंकाले फिल्म छोडेकी हुन्।

निर्देशक अलि अब्बास जाफरसँग मिलेर ‘भारत’ निर्माण गर्न लागेका सलमान प्रियंकाले बीचमै साथ छोडेपछि नयाँ हिरोइनको खोजीमा जुटेका छन्। अब प्रियंकाको ठाउँमा कट्रिना कैफलाई ल्याउने उनको तयारी छ। सलमानले पछिल्लो फिल्म ‘टाइगर जिन्दा हे’मा कट्रिनासँग काम गरेका थिए।

साथै प्रियंकाले धोका दिएको भन्दै सलमान अब उनीसँग काम नगर्ने निष्कर्षमा पुगेको समाचारहरुमा जनाइएको छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोपछि बेपत्ता हुनेको संख्या १ हजार ९२४ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा…

काठमाडौं — नेपालमा आएको विनाशकारी बाढीबाट उद्धार गरिएका तमिलनाडुका २१ जना तीर्थयात्री भारत फर्किएका छन्। भारतका एक उच्च अधिकारीले तीर्थयात्रीहरूको…

काठमाडौं — रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावितको उद्धार तथा राहतका लागि १२ भन्दा बढी देशले नेपाल सरकारसँग सहयोगको अनुमति मागेका…

प्रतिकृयाहरू
...