Monday 13th October 2025

श्रीकृष्ण शर्माका तीन पञ्चाङ्गहरू


पञ्चाङ्ग –१

भेटेँ जब हिन्दु दर्शन अस्तु तिमीमा
पञ्चमहाभूत जडेको वस्तु तिमीमा
साहित्यको वाटिकामा कल्पतरु बने
समाहित हुन्छन् व्यासअरस्तु तिमीमा
यही शुभकामना छ पञ्चस्तु तिमीमा ।

पञ्चाङ्ग –२
हेर्दा सुन्दर इन्द्रकमल – फूल जस्तो माया
कैल्यै पनि नसुक्ने पानीको मूल जस्तो माया
नखोलुन्जेल तातो लाग्छ यो खोले पश्चात्ताप
प्यान्डोराको बाकस खोलेको भुल जस्तो माया
महँगो – भो–पिंजडाको बुलबुल जस्तो माया ।

पञ्चाङ्ग –३

झट्ट हेर्दा बिस अनि पाँच उस्तै लाग्छ
गाईजात्रा र कोरोना जाँच उस्तै लाग्छ
यत्ति भन्छु यो मुहार पुस्तिकाको माया
दूधविना गुब्बाराझैँ फाँच उस्तै लाग्छ
टाढाबाट हीरा अनि काँच उस्तै लाग्छ ।

श्रीकृष्ण शर्मा पोखरा
Shanti Niketan School
Exam – coordinator
Tukka : secretary General
Kopila Gandaki : Treasurer
Mobile: +977-9840010052


सम्बन्धित शीर्षकहरु

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

प्रतिकृयाहरू
...