Wednesday 21st May 2025

शीत तिज गीत प्रतियोगिताको पहिलो चरणको नतिजा सार्वजनिक


तीतोपाटी – शीत काव्य समाज र सुख शान्ति टेलिभिजनद्वारा आयोजित शीत तीज गीत प्रतियोगिता प्रथम चरणको नतिजा सार्वजनिक भएको छ ।

नेपाल तथा भारतका विभिन्न शीत सर्जकहरूले सामाजिक सन्जाल मार्फत भाग लिएको प्रतियोगितामा उत्कृष्ट दस जना भित्र पर्ने विजयी सहभागीहरू
दिला शाह ( नेपालगन्ज ),अम्बिका आचार्य ( पाल्पा ), हिरणमयी शर्मा ( भारत),गीता भट्टराई ( स्याङ्जा ),सुरेशचन्द घिमिरे ( लमजुङ ),लक्ष्मीप्रसाद मिश्र ( लमजुङ ),बिष्णु भण्डारी आचार्य ( मोरङ), बसन्त अनुभव ( दाङ), दुर्गा पौड्याल ( रूपन्देही )र रमा पन्त ( पाल्पा ) हुनुभएको छ ।

हिन्दूहरूको महान चाड तिजको पूर्व सन्ध्यामा शीत तिज गीत प्रतियोगिता आयोजना गरिएकोमा प्रथम चरण पार गर्नुहुने सम्पूणर्ले २०७८ भाद्र १०गतेभित्र कम्तिमा २४ वटा शीत र बढीमा ४८ वटा शीतमा रही मौलिक शीत सिर्जना गरी शीत तिज गीत गायन गरी भिडियो बनाई पठाउनु पर्नेछ । जसबाट प्रथम ,दोस्रो ,तेस्रो ,चौथो र सान्त्वना सहित पाँच जनालाई पुरस्कार तथा सम्मान पत्र प्रदान गरिनेछ भनी शीत काव्य समाज नेपालका सचिव दामोदर ढकाल दीपकले बताएका छन् ।

शीत गायनको भिडियो भाद्र १० गते भित्र दामोदर ढकाल दीपकको मेसेन्जर बक्समा पठाउन पर्नेछ । शीतका शव्दहरू शीत नियमका हुनुपर्नेछ । गीत गाउँदा भने तिजको भाकामा जसरी पनि गाउन सकिनेछ भनी आयोजकले नियम बनाएको छ । सामाजिक सन्जाल मार्फत खुला रूपमा आयोजना गरिएको प्रतियोगिताको निर्णायकमा शीत काव्य समाज नेपालका राष्ट्रिय सल्लाहकार डा. शैलेन्दु प्रकाश नेपाल, शीतका परिकल्पनाकार पुष्कर अथक रेग्मीले , साहित्यकार सीता बिष्ट कार्की सीबिका र शीत ईश्वर कृष्ण के.सी. रहनु भएको छ ।

शीत सर्जकहरूले शीत तिज गीतको भिडियो बनाएर पठाएको प्रसारण सुखशान्ति टेलिभिजन काठमाडौंले गरेको छ ।


सम्बन्धित शीर्षकहरु

रोजिना ढुङाना, झापा (हाल: कुवेत) - मजदुरले पाउनु पर्ने हक, अधिकार र सम्मान आजसम्म कसैले पाएको छैन। अरूको कुरा नगरौं,…

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले गत हप्ता भनेका थिए कि पश्चिमी देशहरूले भारत र चीनलाई एकअर्काविरुद्ध खडा गरेर तनाव बढाउन खोजिरहेका…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको फोन वार्तापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार घोषणा गरे कि मस्को युक्रेनसँग सम्भावित शान्ति सम्झौताको बारेमा…

प्रतिकृयाहरू
...