Thursday 29th October 2026

हैटीमा भूकम्प : ३ सय भन्दा बढीको मृत्यु, एक महिने संकटकालको घोषणा


तितोपाटी- हैटीमा शनिबार शक्तिशाली भूकम्प गएको छ । ७.२ म्याग्नेच्युडको उक्त भूकम्प पैश्चिम हैटीलाई केन्द्रविन्दु बनाएर गएको थियो ।

भूकम्पमा परी अहिलेसम्म ३०४ जनाको मृत्यु भइसकेको विवरण प्राप्त भएको समाचार संस्था रोयटर्सले जानकारी दिएको छ । १८ सयभन्दा बढी घाइते भएका छन् ।त्यहाँका प्रधानमन्त्री एरियल हेनरीले भूकम्पको निरीक्षण गरेका छन् । उनले एक महिनाका लागि संकटकाल घोषणा गरेका छन् । समाचारहरूमा जनाइएअनुसार भूकम्पमा परी थुप्रै घर, विद्यालय, चर्च तथा होटलहरू भत्किएका छन् ।लगातार परकम्प गइरहेकाले उद्धार तथा राहतमा कठिनाइ भइरहेको जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...