Tuesday 23rd December 2025

कविताः नेपाल – शिव कुमार रेग्मी


एउटै नेपाल बगैचाका फूल हामी नेपाली
बृहत् रूप फैलिएको मेची देखी महाकाली
प्राकृतिक सौन्दर्यले भरिएको हाम्रो देश बिशाल
वीर-पुर्खाको पौरखले बाचेको देश नेपाल ।।१।।

बुद्ध-भुमी तपो-भुमी तराई,पहाड,हिमाल
मन मुटु भित्र सजिएको मातृभुमी नेपाल
सबै जातीका भाषा छ सष्कृति पनि बिशाल
सुन्दर देश आफ्नै भेष जय जय जय नेपाल ।।२।।

पुर्व तिर राई-लिम्बू बिचमा आए नेवार
सबै भाषा नेपालकै हो मिलेर सबैले सपार
पश्चिम बस्ने गुरुङ जात हुन्छ आफ्नै पहिचान
बाहुन,क्षेत्री बाकी जाती जताततै बसेका छन् ।।३।।

दक्षिण तर्फ मधेसी उत्तरमा जाती शेर्पा
राम्रो बगैचा नेपाल माथी बाट तल हेर्दा
सगरमाथा नेपालमा अटल भई बसिरहन्छ
फेवातालमा हेर्दा पनि माछापुच्छ्रे हासिरहन्छ ।।४।।

हाम्रो पहिचान संसारमा फैलिएको छ
देशमा भने बाहिरी शक्ती मौलिएको छ
साथी जागी बचाउ हाम्रै संस्कृति विशाल
देश आफ्नै छ भेष जय जय जय नेपाल ।।५।।

-शिव कुमार रेग्मी
बगनासकाली-२
पोखराथोक,पाल्पा


सम्बन्धित शीर्षकहरु

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनमा युद्ध अन्त्य गर्ने वार्तामा पश्चिमा र कीभको कोर्टमा रहेको बताएका छन्। उनले मस्कोको हालैको…

प्रतिकृयाहरू
...