तीतोपाटी – शीत काव्य समाज नेपालले राष्ट्रिय शीतकाव्य प्रतियोगिता -२०७८ आयोजना गर्ने भएको छ । हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा सुख शान्ति मिडियाको सहकार्यमा सो प्रतियोगिता आयोजना गर्न लागेको शीत काव्य समाज नेपालका उपाध्यक्ष नारायण कोइरालाले तीतोपाटी डट कम लाइ जानकारी दिएका हुन् । शीत काव्य प्रतियोगितामा अनलाइन मार्फत सहभागिता जनाउन पाइने छ ।
उक्त काव्य प्रतियोगिताको लागि प्रतियोगीहरूले आज साउन २५ गते भित्रमा १२ वटा शीत भएको लिखित काव्य पठाउनु पर्ने छ भने सो काव्यलाइ बाचन तथा भिडियो बनाएर साउन २८ गते भित्र पठाइसक्नु पर्ने आयोजक शीत काव्य समाज नेपालले जनाएको छ । शीत काव्य हरितालिका तीज केन्द्रीत हुनु पर्ने छ ।
प्रतियोगिताको लागि डा. शैलेन्दुप्रकाश नेपाल, पुष्कर अथक रेग्मी, सीता बिष्ट कार्की “सीविका“, कृष्णबहादुर के.सी. रहेको निर्णायक मण्डल तोकेको आयोजकले प्रतियोगी शीत रचना र भिडियो दामोदर ढकाल दीपकको मेसेन्जरमा मात्र बक्समा पठाउनु पर्ने जनाएको छ ।
दुइ चरणमा प्रतियोगिता समापन गर्न जनाएको आयोजकले पहिलो चरणमा लिखित र भिडियो को आधारमा प्रतियोगीहरू दोश्रो चरणमा प्रवेश गर्न पाउने छन् भने दोश्रो चरणमा लिखित तथा गायन/वाचन भिडियो पठाएपछि निर्णायकहरूले उत्कृष्ट ५ जना प्रतियोगीहरू छानी पाँच जना छानी प्रथम, दोस्रो , तेस्रो र सान्त्वना पुरस्कार सहित सम्मान पत्र प्रदान गरिने पनि आयोजकले जनाएको छ ।
प्रतियोगीहरूले पठाएका भिडियोहरू Sukha Shanti TV बाट प्रसारण गरिने छ ।
कार्यक्रम सम्बन्धि नियमहरू
१, यहि २०७८साउन २५ गतेभित्र लिखित १२ वटा शीत पठाउनु पर्नेछ ।
२, यहि साउन २८ गतेभित्र पठाइएका लिखित १२ वटा शीतको वाचन वा गायन गरि भिडियो बनाएर पठाउनु पर्नेछ ।
३, ’शीत’को बिषय हरितालिका तीज केन्द्रित रहेको छ ।
उक्त लिखित र भिडियोको आधारमा प्रतियोगीहरूलाई निर्णायकज्यूहरूले छनोट गरी दोस्रो चरण प्रवेशको अनुमति दिनुहुनेछ ।
निर्णायक मण्डल
डा. शैलेन्दुप्रकाश नेपाल
पुष्कर अथक रेग्मी
सीता बिष्ट कार्की “सीविका“
कृष्णबहादुर के.सी.
नोटः दोस्रो चरणमा छानिएका प्रतियोगीहरूले पुनः शीत लिखित र गायन /वाचन भिडियो पठाएपछि निणर्ायकज्यूहरूले उत्कृष्ट पाँच जना छानी प्रथम, दोस्रो , तेस्रो र सान्त्वना पुरस्कार सहित सम्मान पत्र प्रदान गरिनेछ ।
प्रतियोगीहरूले पठाएका भिडियोहरू कगपजब कजबलतष् तख बाट प्रसारण गरिने छ ।
शीत रचना र भिडियो दामोदर ढकाल दीपकको मेसेन्जरमा मात्र बक्समा पठाउनु पर्नेछ ।
सम्पर्क ः ९८५७०७७३१६(पुष्कर अथक रेग्मी )
९८४३६७२३८७( दामोदर ढकाल )
धन्यवाद ।
दामोदर ढकाल दीपक
सचिव
शीत काव्य समाज नेपाल