Wednesday 14th October 2026

अफ्गानिस्तानमा तालिवानको नियन्त्रण बढ्दै, सर्वसाधारण त्रासमा


तीतोपाटी – अफगानिस्तानको विद्रोही समूह तालिबानले देशव्यापी रूपमा आफ्नो नियन्त्रण बढाउँदै लगेको छ । सत्ता कब्जाका लागि अघि बढिरहेको तालिबानी लडाकु समूहले यसै क्रममा अफगानिस्तानका थप तीनवटा क्षेत्रीय राजधानीहरू आफ्नो कब्जामा पारेको छ । तालीवानीहरूको आक्रमणले  स्थानीवासीमा त्रास बढेको छ । लडाईं उत्कर्षमा पुगेसँगै यसै वर्ष मात्र अफगानिस्तानबाट हजारौँ नागरिक विस्थापित भएको बताइएको छ । जसमा साना शिशु र बालबालिकाहरु समेत रहेका छन् ।

अघिल्ला दुई दिनमा उसले दुइवटा प्रान्तीय/क्षेत्रीय राजधानी कब्जामा लिएको थियो । आइतबार मात्र उसले देशको उत्तरतर्फको प्रमुख सहर कुन्दुजलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

तालिबानले सार–ए–पोल र तालोकान सहरमा पनि कब्जा जमाएको बिबिसीले जनाएको छ । उलले गत शुक्रवारयता पाँचवटा क्षेत्रीय राजधानीहरूमा आफ्नो नियन्त्रण कायम गरिसकेको छ ।

त्यसमध्ये तालिबानका लागि कुन्दुज यो वर्षको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि रहेको बताइएको छ भने उक्त सहर राजधानी काबुलसहित देशका अन्य भागहरूसँग जोडिएको हुनाले तालिबानका लागि यो रणनैतिक महत्वको छ ।

युद्धविरामको आह्वानलाई तालिबानले अस्वीकार गरेपछि अफगानिस्तानमा जारी उक्त हिंसालाई लिएर अन्तर्राष्ट्रिय चिन्ता बढिरहेको छ । यसैबेला अमेरिकाले तालिबान विरुद्धको लडाइँ लगभग अन्त्य गरिसकेको छ भने उसले आफ्ना सेना फिर्ता बोलाइरहेको छ भने बेलायत र अमेरिकाले आफ्ना नागरिकलाइ तत्काल अफगानिस्तान छाड्न आग्रह गरेका छन् ।

 


सम्बन्धित शीर्षकहरु

श्रीलङ्काली आप्रवासी कामदार अनोजन सिवारासाको मृत्युदण्ड खारेज, रिहाइबारे भने अझै स्पष्टता छैन रियाद/कोलम्बो, १४ अक्टोबर। साउदी अरबको सर्वोच्च अदालतले फेसबुकमा…

भारतीय गृहमन्त्री अमित शाह र नेपाली गृहमन्त्री सुधन गुरुङबीच नयाँदिल्लीमा भेटवार्ता बिम्स्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गुरुङको सहभागिता,…

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

प्रतिकृयाहरू
...