Saturday 15th November 2025

अफ्गानिस्तानमा तालिवानको नियन्त्रण बढ्दै, सर्वसाधारण त्रासमा


तीतोपाटी – अफगानिस्तानको विद्रोही समूह तालिबानले देशव्यापी रूपमा आफ्नो नियन्त्रण बढाउँदै लगेको छ । सत्ता कब्जाका लागि अघि बढिरहेको तालिबानी लडाकु समूहले यसै क्रममा अफगानिस्तानका थप तीनवटा क्षेत्रीय राजधानीहरू आफ्नो कब्जामा पारेको छ । तालीवानीहरूको आक्रमणले  स्थानीवासीमा त्रास बढेको छ । लडाईं उत्कर्षमा पुगेसँगै यसै वर्ष मात्र अफगानिस्तानबाट हजारौँ नागरिक विस्थापित भएको बताइएको छ । जसमा साना शिशु र बालबालिकाहरु समेत रहेका छन् ।

अघिल्ला दुई दिनमा उसले दुइवटा प्रान्तीय/क्षेत्रीय राजधानी कब्जामा लिएको थियो । आइतबार मात्र उसले देशको उत्तरतर्फको प्रमुख सहर कुन्दुजलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

तालिबानले सार–ए–पोल र तालोकान सहरमा पनि कब्जा जमाएको बिबिसीले जनाएको छ । उलले गत शुक्रवारयता पाँचवटा क्षेत्रीय राजधानीहरूमा आफ्नो नियन्त्रण कायम गरिसकेको छ ।

त्यसमध्ये तालिबानका लागि कुन्दुज यो वर्षको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि रहेको बताइएको छ भने उक्त सहर राजधानी काबुलसहित देशका अन्य भागहरूसँग जोडिएको हुनाले तालिबानका लागि यो रणनैतिक महत्वको छ ।

युद्धविरामको आह्वानलाई तालिबानले अस्वीकार गरेपछि अफगानिस्तानमा जारी उक्त हिंसालाई लिएर अन्तर्राष्ट्रिय चिन्ता बढिरहेको छ । यसैबेला अमेरिकाले तालिबान विरुद्धको लडाइँ लगभग अन्त्य गरिसकेको छ भने उसले आफ्ना सेना फिर्ता बोलाइरहेको छ भने बेलायत र अमेरिकाले आफ्ना नागरिकलाइ तत्काल अफगानिस्तान छाड्न आग्रह गरेका छन् ।

 


सम्बन्धित शीर्षकहरु

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

प्रतिकृयाहरू
...