Tuesday 23rd December 2025

सत्य राम कासिछ्वाको कविता “आखिर संसद के को लागि?”


आखिर संसद के को लागि
जनता माझ गरिएका बाचा
आज कुन स्वार्थले बिर्सिएका छन्

आखिर संसद के को लागि
बहुमत अल्पमत सरकारले
जनताको दैनिकी झन् कष्टकर बन्दैछन्

आखिर संसद के को लागि
सरकार बनाउने र गिराउने खेलको
रंगशाला र रंगमञ्च मात्रै भो

आखिर संसद के को लागि
विचार र नीतिको भएनन् राजनीति
सांसद नै वस्तु झैं खरिदबिक्री हुँदोरहेछ

आखिर संसद के को लागि
जनताको दुःख पिडामा नि
फोहोरी खेलमा रमाउँदो रहेछ

आखिर संसद के को लागि
विदेशी नेताले नि सम्बोधन गर्न पाउने
जस्तोसुकै विधेयक पनि ल्याउँदो रहेछ

आखिर संसद के को लागि
अपहरण अपराध नि
माफी हुँदोरहेछ

आखिर संसद के को लागि
जस्तो पनि गठबन्धन हुने
न नीति विचार मिल्दो रहेछ

-सत्य राम कासिछ्वा, सूर्यमढी -९, भक्तपुर
9841132643
योग्यता: नेपाली विषयमा शिक्षा शास्त्रबाट स्नातक
पेशा: पुर्व पुस्तकालय कर्मी तथा शिक्षक
हाल: राजनीति शास्त्रमा स्नातकोत्तर गर्दै


सम्बन्धित शीर्षकहरु

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनमा युद्ध अन्त्य गर्ने वार्तामा पश्चिमा र कीभको कोर्टमा रहेको बताएका छन्। उनले मस्कोको हालैको…

प्रतिकृयाहरू
...