Thursday 8th October 2026

सत्य राम कासिछ्वाको कविता “आखिर संसद के को लागि?”


आखिर संसद के को लागि
जनता माझ गरिएका बाचा
आज कुन स्वार्थले बिर्सिएका छन्

आखिर संसद के को लागि
बहुमत अल्पमत सरकारले
जनताको दैनिकी झन् कष्टकर बन्दैछन्

आखिर संसद के को लागि
सरकार बनाउने र गिराउने खेलको
रंगशाला र रंगमञ्च मात्रै भो

आखिर संसद के को लागि
विचार र नीतिको भएनन् राजनीति
सांसद नै वस्तु झैं खरिदबिक्री हुँदोरहेछ

आखिर संसद के को लागि
जनताको दुःख पिडामा नि
फोहोरी खेलमा रमाउँदो रहेछ

आखिर संसद के को लागि
विदेशी नेताले नि सम्बोधन गर्न पाउने
जस्तोसुकै विधेयक पनि ल्याउँदो रहेछ

आखिर संसद के को लागि
अपहरण अपराध नि
माफी हुँदोरहेछ

आखिर संसद के को लागि
जस्तो पनि गठबन्धन हुने
न नीति विचार मिल्दो रहेछ

-सत्य राम कासिछ्वा, सूर्यमढी -९, भक्तपुर
9841132643
योग्यता: नेपाली विषयमा शिक्षा शास्त्रबाट स्नातक
पेशा: पुर्व पुस्तकालय कर्मी तथा शिक्षक
हाल: राजनीति शास्त्रमा स्नातकोत्तर गर्दै


सम्बन्धित शीर्षकहरु

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

पूर्वी जेरुसेलममा रहेको बेलायतको वाणिज्य दूतावास बन्द गर्ने इजरायलको निर्णयपछि दुवै देशबीच कूटनीतिक विवाद बढेको छ। इजरायलले कन्सुल जनरलसहित २०…

अमेरिकी संसदअन्तर्गतको कंग्रेसनल रिसर्च सर्भिस (CRS) को नयाँ प्रतिवेदनअनुसार, इरानसँगको युद्धमा अमेरिकाका ८१ वटा सैन्य विमान, हेलिकोप्टर र ड्रोन नष्ट…

प्रतिकृयाहरू
...