Saturday 25th April 2026

डा. केशव पाैडेलको एनआरएनए आईसीसीको महासचिव पदमा उम्मेदवारी दिने तयारी


तीतोपाटी समाचारदाता, न्यूयोर्क –  लगातार दुई कार्यकाल एनआरएन एनसीसी अमेरिकाको सफल नेतृत्व गरेका डा. केशव पौडेलले गैरआवासीय नेपाली संघको आगामी अक्टोबरमा हुने आईसीसीको सम्मेलनमा अमेरिकाबाट डा. केशव पौडेलले महासचिवमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

अमेरिकाको नेतृत्वमा रहँदा गैरआवासीय नेपालीलाई नागरिकता दिने विषय संविधानमा राख्न लबिङ गरेका पौडेलले राष्ट्रिय विज्ञान एकेडेमी, अमेरिकामा सामुदायिक भवन निर्माण आदिमा महत्वपूर्ण भूमिका खेलिसकेका छन् ।

अमेरिकामा नेपालीबीच सहयोग आदानप्रदान तथा विभिन्न काममा सक्रिय भूमिका खेलेका डा. पौडेलले अब आफ्नो अनुभव आईसीसीमा उपयोग गर्ने उद्देश्यका साथ अघि बढ्न लागेको बताए । ‘भिजनसँगै काम गर्न सक्ने क्षमता भएको नेतृत्व आउनु जरुरी छ,’ उनले भने,‘त्यसैले यसपाली महासचिवमा उठ्ने सुझाव साथीभाईले दिनुभएको छ ।’

‘हेल्थ केयर हिरो’

तनहुँ जिल्लाको व्यास नगरपालिका-९ सिस्नेरीमा जन्मिएका उनी अमेरिकामा चिकित्सा सेवामा प्रतिष्ठित छन् । लगनशीलता र कार्यकुशलताका लागि सन २०१७ मा लभलेस हेल्थ सिस्टमबाट ‘हेल्थ केयर हिरो’ अवार्ड समेत पाएका उनी अमेरिकाको न्युमेक्सिकोस्थित लबलेस मेडिकल सेन्टरको मेडिकल डाइरेक्टरको रूपमा कार्यरत छन् ।

अमेरिकामा अमेरिकन चिकित्सकहरूको संस्था सोसाइटी अफ हस्पिटल मेडिसिन न्युमेक्सिकोको अध्यक्ष समेत भईसकेका डा. पौडेल सामाजिक क्षेत्रमा आफ्नो अनुभव र सक्रियताले नै आफूलाई महत्वपूर्ण पदमा रहेर काम गर्ने चाहना भएको बताउँछन् ।

‘सरकार र गैरआवासीयबीच पुलको भूमिका’
पौडेल विदेशमा रहेका नेपालीले स्वदेशमा ठूलो लगानी र सहायता गरिरहेको भन्दै आफूले पुलको भूमिका खेल्न सक्ने बताए । ‘विदेशमा रहेका नेपालीले स्वदेशमा पुर्याएको योगदानका आधारमा उनीहरुलाई अझ सुविधा र सहजता प्रदान गर्न नेतृत्वमा गएर काम गर्न सकिन्छ भनेर लागेको हुँ,’ उनले भने,‘विश्वभरका नेपालीबाट साथ पाउने आशा छ ।’


सम्बन्धित शीर्षकहरु

तितोपाटी-प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी गरेको छ । आज साँझ काठमाडौंको थापाथली स्थित…

तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको…

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

प्रतिकृयाहरू
...