Monday 5th October 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – २७


सहनलाइ गाह्वो भो है,भन्दा पनि घरीघरी ।
तर किन चोट लाग्छ एक पछि अर्को गरि ।

जति राम्रो भए पनि यो संसार छोडनै पर्ने,
कसैको नि हुन्न रैछ जिन्दगानी अजम्बरी ।

हाँसी हाँसी जिउने रहर दुइदिन बाँचुन्जेल,
आफ्नो छुट्टै पहिचान, बनाएर संसार भरी ।

सोझा सिधा अपाङ्ग ती, असाहाय अनाथको,
दैबले नै लग्यो हजुर, भाको सबै खुसी हरी ।

गरिब, दुःखी, निमुखाको, अनुहार हेर्दा सानु,
कथा उही, ब्यथा उस्तै रुपरङ्ग चै अनेकथरी।

 

-प्रतिमा शिवाकोटी
कालिन्चोक गा.पा ८,सुनखानी दोलखा
रचना: २०७८/०४/१७ आइतबार


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानका शिक्षा मन्त्री हबिबुल्लाह आगा र उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदिमविरुद्ध पक्राउ पुर्जी जारी…

फ्रान्समा विद्यालयको अवस्था सुधार र शिक्षक अभावको विरोधमा भइरहेको विद्यार्थी प्रदर्शनका क्रममा १५ वर्षीय एक विद्यार्थी गम्भीर घाइते भएका छन्।…

अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले एन्थ्रोपिक कम्पनीको एआई प्रणाली ‘क्लाउड’ प्रयोग गर्न बन्द गरेको जनाएको छ। यसअघि पेन्टागनले एन्थ्रोपिकलाई राष्ट्रिय…

प्रतिकृयाहरू
...