Tuesday 11th February 2025

१४ टुक्काकारका उत्कृष्ट आध्यात्मिक टुक्काहरू


(@१**)
१•
साउनमा जपे मात्र शिवजीको नाम
सिधै मिल्छ भक्तलाई कैलासको धाम।
२•
बोल बम बोल भन्दै पशुपति जाम,
शिव सम्भू भोले बाबा जपौं यही नाम।
३•
डिमीडिमी डमरु हातमा त्रिशूल,
दर्शन उन्को पाउन साह्रै खुल्दुल।
४•
माता देवी काखमा गंगा शिरमाथि,
भूत प्रेत पिचास नन्दी भृङ्गी साथी।

घनश्याम पौडेल, सृजना चोक, पोखरा

(@२**)
१)
नीलकण्ठ आँशुतोषको अनेक थरि नाम,
भक्तजनको दुःख हर्ने गर्छन् असल काम।
२)
शिवजीको आराधना श्रावणको मास,
माता सितै भोला बस्छन पृथ्वीमा बास,
३)
सोह्र श्रृंगारमा सजिएकी हेरन हाम्री चेली,
उपवास वसी पूजा गर्छिन चमेली र बेली।
४)
सेतो फूल,पहेंलो चन्दन बेलपत्र बोकी जान्छन् ,
श्रद्धापूर्वक अर्पण गर्न एक लोटा पानी लान्छन्।

अरुण कुमार भुजेल, गोरूबथान,कालेबुङ्ग।

(@३**)
१)
शिव शङ्कर साउनमा आउँनु भयो,
आत्मा बिश्वास ले नै यहाँ संकष्ट गयो।
२)
आध्यत्मिक शक्ति भएका एक शिव बाबा हुन,
सिरमा गँगा तिर्सुल डमरुको सुनिन्छ धुन।
३)
अद्भुत शक्ति ले भरिएको श्री महादेव मा पाईन्छ,
उनका मिठा भजन मन्दिर र किर्तनमा गाईन्छ।
४)
नेपालको फुलवारी चार वर्ण छत्तिस जात,
घर आँगनमा गरौ पुजा पाठ जोडेर हात।

कमला पाण्डे पराजुली, झापा

(@४**)
१)
श्री नारायणको बराहा रुपको जय छ यो
संकटमा थिईन् धर्ती बाहिर निकाल्नु भयो ।
२)
यिनकै वरीपरी छौँ र पो बाँचिरहेछौ
प्रकृति हुन् देवता जीवन साँचिरहछौ ।
३)
बर पिपल तुलसी सम्मी अमला रुद्राक्ष
पुजा गर्नुपर्छ यिनलाई नगर्नु कटाक्ष ।
४)
माता दुर्गा अति सुन्दर रचना गरे देवले
सौन्दर्य उनको देखेर दैत्यहरु त्यसै ढले ।

पुष्पासायरा, बिराटनगर ।

(@५**)
१)
तेत्तीसकाेटी देवताकाे शरणमा जानू
अाखिरमा मरेपछि के पाईन्छ र लानु
२)
धर्म कर्म गर्ने भनी कैयौं यहाँ खाेक्छन्
मन्दिर बनाऊँ भन्दा सयौं जिब्रो टाेक्छन् ।।
३)
अाध्यात्मलाई गहिरिएर बुझे भलै हाेला ।
दान धर्म गरे धन्य बन्नेछ मानव चाेला ।
४)
धर्म पनि भिन्न हुन्छ सम्प्रदाय जस्तै
मुस्लिम र हिन्दु छुट्टै मिसिंदैनन् कस्तै

रामकृष्ण दवाडी, पाेखरा ।

(@६**)
//१//
साउन महिनामा भाेलेनाथकाे व्रत बसीकन,
दिनहुँ पुजाअार्चना नगरी किन मान्दैन मन।
//२//
महादेवकाे पुजामा गराैँ पालना,
घरमै मन्दिरकाे बसालाै थापना,
//३//
साउन महिना भाेलेनाथकाे चरण पराैँ,
दिनहुँ उनैको भजन किर्तन पूजा गराैँ
//४//
पुजा गर्न मन्दिर सम्म पुगियाे,
राम्रो राम्रो ठाउँ मज्जाले घुमियाे।

 शाेभा अर्याल,  बुटवल -१४ रूपन्देही

(@७**)
१.
आध्यात्मिक शक्ति हराउँदैछ हामी माझ ,
व्यभिचार र भ्रष्टाचार माैलाउँदा आज ।
२.
आध्यात्मिक शक्ति लाग्यो मलाई ठूलाे धन,
देवी देउता पूज्नु राम्रो भन्छ मेराे मन ।
३.
भित्रभित्र मनमा एउटा भावना जाग्छ,
आध्यात्मिक शक्तिकाे गुनगान गराैँ लाग्छ ।
४.
मरिजाने दुईदिने जिन्दगानी हाम्रो ,
आध्यात्मिक शक्ति ठूलाे जान्नु ज्यादै राम्रो।

केशवप्रसाद ढकाल `प्रीतबीज´, गाेरखा

(@८**)
१)
श्रावण महिना जप भोलेनाथ नाम
बम भोले भन्दै पशुपतिनाथ जाम
२)
पापीहरुको पाप धेरै भरिरहेछ
तेसैले यहाँ महामारी बढिरहेछ
३)
मेरो आस्था मेरो भगवान
सिनो पुज्नेलाई गाह्रो नाम
४)
म सधैँ सम्मान गर्छु मनदेखि भगवानको
सिनो पुज्ने हुन् रिस गर्ने भोलेको नामको

रघु न्यौपाने

(@९**)
१)
तन मनले एक चित्त भक्ति गरौँ
हामीले उनै शिवको शरण परौँ ।
२)
भक्तको दु:ख क्षणमै हर्छन्
शिव दुष्टको संहार गर्छन् ।
३)
त्यो सुख शान्तिका लागि ब्राह्मण पढाउँछु
नैवेद ,धुप अक्षेता बेलपत्र चढाउँछु ।
४)
शिव हुन् ताण्डब नाच्ने खरानी धस्ने
बाघको छाला ओढि कैलासमा बस्ने ।

रिजाल विनोद

(१०**)
१.)
साउनमा महादेवकाे, व्रत बसीकन
पूजाअाजा, नगरी मान्दै ,मान्दैन याे मन
२.)
ब्रम्हा थिए, सृष्टि कर्ता, पालन कर्ता विष्णु
महादेव, संहारकर्ता , तर छन् सहिष्णु
३.)
भौतिक वादी मान्छे, हुन खाेजे पनि
अध्यात्मिकै ,शक्ति ठूलाे , रहेछ अनि
४.)
लाखौंथरि, जीवजन्तु , यै सृष्टिका खानी
मान्छे किन, पेल्न खाेज्छ,अझै जानी जानी ?

थापा रुद्र, भानु -११, मयाँखु , तनहुँ

(@११**)
१)
चराचर भौतिक जगत् को कल्पना नगर,
छँदै छैन तेस्रो शक्ति उडान कत्ति नभर
२)
बस्तुले दिमागको विकास गरेको ठाउँमा,
आध्यात्मिक गुनगाननै भयो मेरो गाउँमा।
३)
प्राकृतिक बाट पनि सिक्न सकिन्छ हामी,
कता गए समाजमा डाक्टर आए धामि।
४)
यो दुनियामा निषेधको निषेध हुनेगर्छ,
मानोछरे पछि झण्डै मुरिलाई छुन सर्छ।

सुरेश कुमार पान्डे

(@१२**)
१)
शिव शंकर हे भोला, शंकर हे भोला,
पार लगाउ हे भगवान्, भोलि जे होला ।
२)
नागको माला घाँटीमा, कति सुहाको,
गंगा माता शोभित, शिरमा उहाँको ।
३)
विष पिएर, रक्षा गरे संसार, विष पिएर,
दर्द सहे, निलकण्ठले, अति जोखिम लिएर ।
४)
व्रत बसिछु, तिमीलाई पाउन, व्रत बसिछु,
महादेव नाम जपी निराहार घुडा धसिछु ।

वसन्त अनुभव, घोराही १४, दाङ

(@१३**)

१)
शिवले लगाउँछन् सर्पको माला,
साँडेको वहानमा चढ्ने छ चाला ।
२)
भोलेबाबा मलाई देऊ न दर्शन,
आउन मेरो दिलमा गर आसन ।
३)
कसरी गर्नु मैले तिम्रो किर्तन,
आउन मेरो घरमा हुन्छ भजन।
४)
गर्छु भक्ति सदा तिम्रो ईश्वर ,
तिम्रो दर्शन पाऊँ महेश्वर ।

भगवती दवाडी , झापा ।

@१४**
१/
बमबम भोले भजौँ हरि नाम ,
भजन गाउँदै जाऊँ शिवधाम ।
२/
हृदयमा मेरो हे भगवान तिम्रै वास भइरहोस् ,
भय, त्रास इत्यादिबाट समस्त प्राणी अलग रहोस् ।
३/
चराचर जगत यो ब्राह्मण्डका प्रभुकै हुन् संरचना ,
हात जोड़ेर ध्यान गर्दछौं नित्य उनैको हामी अर्चना ।
४/
जल बोकी यो साउन महिनामा शिवालय जाऊँ ,
बोलबम भन्दै सबैजना शिवको महिमा गाउँ ।

 राजेन्द्र प्रधान पासा, दार्जीलिङ 


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्बद्ध प्रवासी नेपाली सम्पर्क विभाग—कुवेतको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सम्पन्न दोस्रो अधिवेशनले ईश्वर भण्डारीको…

जेरुसेलम: प्यालेस्टिनी बन्दीहरूलाई थुनामा राखिएको अवस्थामा र आँखामा पट्टी बाँधेको अवस्थामा प्रहार गरेको भेटिएका एक इजरायली सैनिकलाई इजरायली सैनिक अदालतले…

गाजा: राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्यले गाजा पट्टी कब्जा गर्न र त्यहाँका जनतालाई पुनर्स्थापना गर्नका लागि दिएको धक्का प्रस्तावलाई बुधबार…

प्रतिकृयाहरू
...